SamwadKhabar logo

               

संघीय खबर

निर्वाचनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा

संवाद खबर

संवाद खबर

निर्वाचनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा
कात्तिक १७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो । बिहीबर सञ्चारकर्मीसँग कुराकानी गर्दै गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोईरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्येनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने (यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए । सडक, खोला,नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए । उनले भने– ‘सबै जिल्ला प्रशासनहरुमा विशेषगरी निर्वाचनको समयमा बेमौसमी रुपमा पानी पर्नसक्ने, पहिरो जानसक्ने, बाढी आउनसक्ने, अन्य प्रकारको प्रकोपहरु आउनसक्ने सम्भावनातर्फ इंगित गरेर हाम्रो जिल्लामा रहेको सुरक्षा निकायहरुको (यापिड रेस्पोन्स फोर्स हुन्छ सिडियोको नियन्त्रणमा । सिडियोले संयोजन गरेर सबैलाई अलर्ट अवस्थामा राख्ने भनेर मन्त्रालयबाट परिपत्र पनि अब गरिहाल्छौँ । जस्तै सडक अवरुद्ध हुनसक्छ । त्यसको लागि सडक खुलाएर तयारी अवस्थामा रहनु । कुनै नदी, तटबन्धमा जोखिम हुनसक्छ, पहिरो जानसक्छ भनेर हामीले सम्वद्ध निकायहरुलाई तयारी अवस्थामा रहनु भन्छौँ ।’ उनले अगाडि थपे– ‘लजिस्टिक क्लष्टरका सरकारी र गैरसरकारी तहका मेम्बरहरुलाई समेत सामग्री ढुवानीको लागि तपाईहरु तयारी अवस्थामा रहनुहोला भनेर अद्यावधिक मिटीङहरु, छलफल गर्छौं र हामीले उहाँहरुलाई अलर्ट राख्छौँ । त्यसकारण अहिले निर्वाचनलाई लक्षित गरेर सम्भावित विपद् के–के आउनसक्छ भनेर आँकलन गरेर त्यसका लागि हाम्रो सबै सरकारी संयन्त्र र गैरसरकारीलाई समेत हामीले अलर्ट अवस्थामा राखेका छौँ । निर्वाचनसम्मै अलर्ट अवस्थामा राख्छौँ । हामी रेस्पोन्सको लागि तयारी अवस्थामा छौँ ।’ सहसचिव कोईरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्व सूचनाको आधारमा मौसमी प्रतिकुलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…