SamwadKhabar logo

               

संघीय खबर

काठमाडौँमा निर्वाचनका लागि उचित सुरक्षा प्रबन्ध – प्रमुख जिल्ला अधिकारी

संवाद खबर

संवाद खबर

काठमाडौँमा निर्वाचनका लागि उचित सुरक्षा प्रबन्ध –  प्रमुख जिल्ला अधिकारी
कात्तिक २१, काठमाडौँ । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी काठमाडौँमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा र जिल्ला निर्वाचन आयोगले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । काठमाडौँ जिल्लाभित्रका ३२० मतदान स्थल र ७७१ वटा मतदान केन्द्रमा सुरक्षाको हिसावले चुस्तदुरुस्त बनाउन तीन वटै सुरक्षा निकायसंग समन्वय गरिसकेको बताए । नागरिकलाई सुरक्षाको प्रत्यभूति गराउन कुनै बाँकी कसुर नराख्ने बताउँदै शान्तिपूर्ण वातावारणमा काठमाडौँका मतदातालाई मतदान गराउने प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । काठमाडौँका सबै मतदान केन्द्रमा मतदान अधिकृत खटाईसकेको र प्रत्येक वडामा मतदान शिक्षा कार्यक्रम सुरु गर्ने तयारीमा रहेको बताए । स्थानीय तहको सहयोगमा मतदान शिक्षा कार्यक्रम सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । मतदान शिक्षाबाट कुनै पनि नागरिक बञ्चित नहोस भनेर अभियानलाई तिब्रता दिन निर्वाचन आयोगले बनाएको आचारसंहितालाई निर्वाह गरी काम गरिने बताए । निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक मिडिया अभिमुखीकरण सहितको सो कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष भवानी बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा वर्तमान मिडिया र पत्रकारिताको अवस्था र चुनौती सहित निर्वाचनमा हुने चुनौतिका विषयमा चर्च गरेका थिए । निर्वाचन आयोगले मिडियामैत्री वातावरण निर्माण विशेष भूमिका निभाउनेपर्ने तर्क सहित आचारसंहिताको नाममा वाक स्वतन्त्रताको पक्षमा अवरोध नपु¥याउन सुझाएका थिए । सञ्चारकर्मी तथा मिडियाले पनि निर्वाचनका बेला संवदशील भएर समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने कार्यपत्र प्रस्तुतकर्ता बरालले सुझाए । पत्रकार राजनीतिक दलको घोषणापत्रको चर्चा र प्रचार मात्र नभई मुद्धाको विषयवस्तु बनाई आफ्नो दृष्टिकोणसहितको विषयबस्तु सम्प्रेसन गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा निर्वाचन आयोगका मतदान केन्द्र अधिकृत र कर्मचारीहरुको सहभागी रहेको थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…