SamwadKhabar logo

               

संघीय खबर

ललितपुरको बागमतीमा झण्डै चार करोडमा ढलान सडक १५ दिनमै चिरा

संवाद खबर

संवाद खबर

ललितपुरको बागमतीमा झण्डै चार करोडमा ढलान सडक १५ दिनमै चिरा
रामहरि कार्की, कात्तिक २४, ललितपुर । ललितपुरको बागमती गाउँपालिकास्थित ढलान गरिएको सडक १५ दिनमै भत्कन सुरु गरेको छ । ठेकेदार कम्पनीको लावरबाहीका कारण झण्डै चार करोड खर्चेर ढलान गरिएको सडक बीच भागबाट चिरा परेको हो । १५ दिन अघि मात्रै ठेकेदार कम्पनीले छपेली हुँदै पालिका केन्द्र जोड्न झण्डै तीन किमी सडक ढलान गरेको थियो । तर ठेकेदार कम्पनीले मापदण्ड पूरा नगरेपछि सडक ढलान गरेको केहि दिनमै धाजा फाटे झै भएको छ । यो सडक निर्माणमा ठेकेदार कम्पनीले ३ करोड ५० लाख ५१ हजार ५९० मा टेण्डर प्राप्त गरेको थियो, जुन इष्टमेट भन्दा ३७.९४ प्रतिशत बिल्लो रहेको छ । तर त्यसमा प्रयोग हुने मसालाको घोल गुणस्तरीय र मापदण्ड अनुसार नभएपछि ढलान गरेको केहि दिनमै सडक फुटेको हो । यो सडक पूर्वाधार विकास कार्यालय बागमती प्रदेश, ललितपुरले यो सडक ढलान गरेको हो । सडक ढलान गरिएको क्षेत्र गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ । सो सडक गुणस्तरीय नभएपछि जिल्ला समन्वय समितिले अनुगमन गरिसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ । ठेकेदार कम्पनीको बदमासीले सडक केहि दिन पनि नटिकेपछि स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका हुन् । रायमाझी÷कान्तिपथ पिएम जेभीले सडक निर्माणको जिम्मा पाएको थियो । तर सडक ढलान गर्दा मापदण्ड नपु¥याएपछि सडक बिग्रन थालेको छ । पूर्वाधार विकास कार्यालय र गाउँपालिकाले पनि उक्त सडकको अनगुमन गरेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङले ठेकेदारले काम गर्न ढंग नपु¥याएकोले करोडौंको रकम बालुवामा पानी खन्याए झै भएको बताए । उनले भने, ‘ठेकेदारले धेरै कमिसन खाने लाभमा ढलान गर्दा सिमेन्ट, ग्रामेल र गिटीको प्रयोग गर्दा ध्यान दिएको छैन, अझ त्यसमा सिमेन्ट र बालुवाको मात्रा निकै कम छ, यो सडकबारे माथिल्लो निकायले चासो दिनुपर्छ । उनले ठेकेदार कम्पनीले बदमासी गरेपनि सम्बन्धित निकायले कारबाही नगरेको बताए । मापदण्ड अनुसार साढे पाँच मिटर चौडा रहेको उक्त सडकको थिकनेस ८ इन्च हुनुपर्छ । तर ठेकेदार कम्पनीले ६ इन्चभन्दा बढी थिगनेस बनाएको छ । त्यस्तै माटो मिसिएको बालुवा र गिटीको प्रयोग गरेको छ । जसले गर्दा सडक गुणस्तरहिन बनेको छ । यसबाहेक पूर्वाधार विकास कार्यालय, ललितपुरका प्रमुख पुस्कर पोखरेलले ठेकेदार कम्पनीलाई स्पष्टिकरण सोधिने र भत्किएको भए बाँकी भुक्तानी नदिने बताए । ‘हामीले वास्तविक अवस्थाको फेरी अनुगमन गर्छौं,’ उनले भने, ‘सडक गुणस्तरहिन छ भने बाँकी भुक्तानी हुँदैन ।’ उनका अनुसार ठेकेदारले यसअघि सडक ढलान गर्नेबेलामा चाहि अनुगमन गरिएको थियो । त्यतिबेला ठेकेदारले कमसल सामग्री प्रयोग गरेको पनि पाइएको थियो । त्यसपछि अनुगमन टोलीले ठेकेदार कम्पनीका विष्णु प्रसाद तिमिल्सिनालाई थर्काएको थियो । हाल पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीले ८२ लाख भुक्तानी पाएको छ । यो सडक ठेकेदार कम्पनीले एक वर्ष लगाएर ढलान गरेको थियो । यसबारे अनुगमन पनि गर्ने गाउँपालिकाका अध्यक्ष वीरवहादुर लोप्चनले बताए । ठेकेदार कम्पनीका तिमिल्सिना बागमती गाउँपालिकाका पूर्व वडाध्यक्ष पनि हुन् । उनी आफै ठेकेदार हुन् । उनले यस क्षेत्रका नदीनालामा अवैध उत्खनन् समेत गर्दै आइरहेका छन् । यो सडक निर्माण गर्न ५ करोड ६४ लाख ८२ हजार ८५९ रुपैयाँ इष्टमेट गरेको थियो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…