SamwadKhabar logo

               

संघीय खबर

खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछुः मन्त्री भुसाल

संवाद खबर

संवाद खबर

खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछुः मन्त्री भुसाल
खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछुः मन्त्री भुसाल कात्तिक २४, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ऐतिहासक, पुरातात्विक क्षेत्रका रुपमा रहेको खोकनाको वस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २० स्थित खोकना क्षेत्रको घरदैलोमा उहाँले खोकना ऐतिहासिक वस्ती संरक्षण र विकासमा आफू जहिले पनि जनताको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०७४ को निर्वाचनमा निर्वाचित भएपछि पनि आफूले खोकनाको ऐतिहासिक वस्ती संरक्षणमा निरन्तर आवाज उठाएको स्मरण गर्दै उहाँले पूरातत्व विभागले सो क्षेत्रको अध्ययन गर्ने र नेपाल सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो । खोकना नेपालको इतिहासको पहिलो व्यवस्थित बसोबास भएको ठाउँका रुपमा रहेको छ । खोकनाभित्र ४०÷ ५० रोपनी क्षेत्रमा कुदेसा भन्ने ऐतिहासिक ठाउँ छ । जुन एक हजार २०० वर्ष पहिलाको व्यवस्थित बसोबासको अवषेशका रुपमा रहेको पुरातत्वविद्को भनाइ छ । उहाँले विकासनिर्माणका नाममा खोकना क्षेत्रमा रहेका सिकाली मन्दिरलगायत ऐतिहासिक संरचनालाई प्रभाव पार्न नहुने बताउनभुयो । यहाँको ऐतिहासिक संरचना ओझेलमा पर्छ की भनेर खोकना क्षेत्रका जनताको चिन्तालाई आफूले नजिकबाट नियालेको भन्दै उहाँले खोकनाको ऐतिहासिकतामाथि दखल पुग्ने योजना परिमार्जन गर्ने गरी सबैले सोच्नुपर्ने बताउनुभयो । उहाँसँगै नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ घरदैलोमा सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँले ललितपुरको विकास र आर्थिक समृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऐतिहासिक बस्तीको संरक्षण र प्रवद्र्धन गर्दै विकासका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले आगामी दिनमा वाम–लोकतान्त्रिक गठबन्धनका दलसँग सहकार्य गरेर विकासका कार्यक्रम तय गरिने विश्वास दिलाउनुभयो । त्यसैगरी आज बिहान मन्त्री भुसाल र सभापति श्रेष्ठले ललितपुर महानगर वडा नं २२ को बुंगमती क्षेत्रमा घरदैलो गर्नुभएको थियो । घरदैलोका क्रममा उहाँहरूले बुंगमती बसपार्क, साँचो टोल, रातो मच्छिन्द्रनाथ, मच्छिन्द्र वहाल हुँदै फर्सीडोलसम्म पुगी मतदातासँग अन्तरक्र्रिया गर्नुभएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…