SamwadKhabar logo

               

युवा

विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ

संवाद खबर

संवाद खबर

विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ
कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेको छ । काठमाडौंको विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंको सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेको हो । विहीबारबाट सञ्चालन भएको त्रिदिवसीय पत्रकारिता तालिमको उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले पत्रकारिता पढदै गरेका र गर्न चाँहाने विद्यार्थीहरूलाई व्यबहारिक रूपमा समाचार, स्थलगत रिपोर्टिङ , लेख रचनाहरू लेख्न सिकाउने र आगामी दिनमा उनिहरूलाई सीपयुक्त बनाउने उदेश्यका साथ यश तालिम आयोजना गरेको र विद्यार्थी परिषद्ले यस्तै किसिमको तालिमहरू संचाल गर्दै विद्यार्थीहरूलाई सामाजिक र सीपसँग जोडने काम गरेको बताएका थिए । तीन दिन सम्म संचालन हुने तालिमको पहिलो दिनको मुख्य प्रशिक्षक अर्जुन खड्काले सहभागी विद्यार्थीहरूलाई समाचार लेखन शैली , भाषाको प्रयोगहरू, शब्दहरूको संयोजन , कस्ता शब्द प्रयोग गर्ने नगर्ने, कसरी गर्ने , समाचार छोटो र प्रष्ट बुझि कसरी बनाउने भन्ने विषयहरूमा केन्द्रित रहेर विद्यार्थीहरूलाई तालिम प्रदान गरेका थिए । कार्तिक २४, २५ र २६ गते सम्म संचालन हुने तालिममा विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय सचिव एवम् नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यलय प्रमुख सन्तोष आचार्यले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियोे भने विद्यार्थी परिषद् महानगर उपाध्यक्ष नारायण प्रसाद जोसीले पत्रकारिताको विषयमा विद्यार्थीहरूलाई प्रष्ट पार्दै स्वागत मनतव्य व्यक्त गरेका थिए । विद्यार्थी परिषद् काठमाडौं महानगरका सह छात्र प्रमुख देविका तिमल्सिनाले संचालन गरेको तालिमको उद्घाटन सत्रमा विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्णा हुमागाईं, महानगर सचिव जीवनकुमार जोसी, विशिष्ट अतिथि एवम् मुख्य प्रशिक्षकको रूपमा अर्जनु खड्का, नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यालय प्रमुख सन्तोष आचार्य, परिषद्का केन्द्रीय कार्यालय प्रमुख निरन्जन सोती महानगर उपाध्यक्ष नारायण प्रसाद जोसी लगायत विद्यार्थी परिषद्का कार्यकर्ताहरू विशेष उपस्थितिसँगै विभिन्न कलेजहरू आर आर, जनमैत्री, कोटेश्वर सरस्वती, पशुपती बहुमुखी, मंगल बहुमुखी कलेज, मदन भण्डारी मेमोरियल लगायत आधा दर्जन भन्दाबढी क्याम्पसहरूबाट ३१ जना भन्दाबढी विद्यार्थीहरूको तालिममा सहभागीता रहेको थियोे । साथै तालिममा अलग अलग विषयहरूमा अलग अलग प्रशिक्षकहरूको उपस्थिति रहने र तालिममा समाचार लेखन, फिचर समाचार लेखन, स्थलगत रिपोर्टिङ, अन्तर्वार्ता , लेख लेखन कला र शैली, फोटो र भिडियो सम्पादन जस्ता विषयहरूको बारेमा सिकाईने आयोजकले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…