SamwadKhabar logo

               

संघीय खबर

तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई निर्देशन

संवाद खबर

संवाद खबर

तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई  निर्देशन
कात्तिक २८, लमजुङ । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिनुभएको हो । आयुक्त डा. तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुट्नलाई समेत निर्देशन दिनुभयो । मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचनको निष्ठालाई उच्च राख्दै उच्च मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मतअधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ, त्यसको कार्यान्वयन गरिरहेका छौँ ।” उहाँले आयोगले हरेक मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री, लैँगिङमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन निर्देशन दिइसकेकाले सोबमोजिम छ भन्ने सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभयो । लमजुङका मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालले जिल्लामा कुनै पनि दलविरुद्ध उजुरी नपरेकाले निर्वाचन आचारसंहिता पालना सन्तोषजनक रहेको बताउनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…