SamwadKhabar logo

               

संघीय खबर

निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

संवाद खबर

संवाद खबर

निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा
कात्तिक ३०, बारा। यही मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो। निर्वाचन नजिकिँदै गर्दा सीमानाकामा खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरुमा अभियानकै रुपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो। मधेश प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल(भारतको खुल्ल नाकाका कारण हुनसक्ने आपराधिक कृयाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाईसमेत गरिएको छ। चुनावका समयमा अवैधानीक सवारी साधन भित्रने र अवैधानीक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो। प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताए। प्रहरी नायव महानिरिक्षक खाँले उम्मेदवारले आयोजना गर्ने सभा सम्मेलन, प्रचार प्रसारका साथै घरदैलो कार्यक्रममा पनि प्रहरी सुरक्षा बढाएको बताउँदै मतदाताहरू माझ निर्वाचन सफल बनाउन प्रहरीलाई सहयोग गर्न जनचेतना मुलक कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिए। उनले यस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल प्रहरीका सथै सशस्त्र प्रहरी, म्यादि प्रहरी र नेपाली सेनासमेत खटिएको बताए। आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो। मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगञ्जको सीमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ। अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने अवस्थालाई मध्यनगर गर्दै वीरगञ्ज(रक्सौल सीमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन्। मधेश प्रदेशका ८ वटै जिल्लाले भारतीय सीमासँग जोडिएको छ भने खुला सीमा र अति व्यस्त नाकाहरू भएर मोटसाइकल, गाडी ट्रक लगायतका गरी दैनिक २० हजारदेखि ३० हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छ। ५० देखि ६० हजारको संख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेको छ। नेपाल–भारत सीमानाका खुला भएको हुँदा खास गरि सिमाक्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गर्छ। साथै खुला सीमाको फाइदा उठाउँदै अपराधीहरूलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ। सोही कुरालाई मध्य नजर गर्दै मदेश प्रहरी कार्यालयले यस प्रदेशको सीमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको हो। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना लागु गरिएको प्रहरी नायव महानिरीक्षक खाँणले बताए। उनले सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न भारतीय समकक्षीहरुसँग समन्वय गरेर सीमाक्षेत्रको दुवैतर्फ आकस्मिक चेकजाँच, गस्ती परिचालन भइरहेको बताए। उनले मधेश प्रदेशका जिल्लामा मतदान केन्द्रहरूमा सुरक्षाकर्मीहरु खट्ने कार्य सुरु भइसकेको हुँदा मंसिर ४ गतेको निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका छन्। मधेश प्रदेशमा निर्वाचन अवधिभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…