SamwadKhabar logo

               

संघीय खबर

महानगरले ट्राफिक व्यवस्थापनमा खटायो नगर प्रहरी

संवाद खबर

संवाद खबर

महानगरले ट्राफिक व्यवस्थापनमा खटायो नगर प्रहरी
मङ्सिर १, काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो । महानगरपालिकाले कात्तिक ३० गते बुधबारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो । कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकी लगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ । त्यस्तै पछिल्लो समय आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् । निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…