SamwadKhabar logo

               

राजनीति

म्याग्दीमा मतगणना स्थगित

संवाद खबर

संवाद खबर

म्याग्दीमा मतगणना स्थगित
मङ्सिर ६, म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित भएको छ । मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको हो । हस्ताक्षर नभएको मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् । गठबन्धनले मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई गणना गर्नुपर्ने माग गरेका छन् । सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनले हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धानको माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ । धवलागिरि गाउँपालिकाका १ देखि ५ वडा सम्मको मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार खमबहादुर गर्बजा (खम्बिर) ५ हजार ३ सय ७० मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ४ हजार ६ सय ४९ मत प्राप्त गरी गर्बुजालाई पछ्याउनुभएको छ । प्रदेशसभा क्षेत्र नम्बर २ तर्फ सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ५ हजार एकसय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ४ हजार ८ सय ५१ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । सत्ता गठबन्धनले पालिका जितेको पालिकामा कम मतले अग्रता हुँदा काँग्रेसले अपेक्षा गरेअनुसारको मत प्राप्त गर्न सकेन । यस्तै एमालेले स्थानीय तहको निर्वाचनमा पराजित भएपनि धवलागिरिलाई आफ्नो बलियो पालिकाका रूपमा हेरेको थियो । एमालेले प्रतिनिधिसभा तर्फ एकसय देखि दुईसय सम्मको अग्रता र प्रदेश सभा तर्फ ५ सयको अग्रताको अपेक्षा गरेको थियो । धवलागिरिमा दुवै पार्टीको अनुमान फेल भएको छ । सोमबार साँझबाट थालिएको मतगणनामा मंगलबार बिहानसम्म धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र ५ नम्बर वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मालिकामा गठबन्धन बलियो मानिएको भएपनि वडा नम्बर ५ को मतगणना सकिँदा प्रतिनिधि र प्रदेश सभामा गठबन्धनले अपेक्षा अनुसार मत प्राप्त गर्न सकेन । जसले गर्दा प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । मङ्गला गाउँपालिकाको मतगणना हुँदा नेकपा एमालेले फराकिलो मतअन्तरले अग्रता लिने एमालेले अपेक्षा गरेको छ ।

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कार्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पू…