SamwadKhabar logo

               

संघीय खबर

प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

संवाद खबर

संवाद खबर

प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
मङ्सिर ७, काठमाडौँ । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले १३ ,एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् । काङ्ग्रेसतर्फ डडेलधुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौँ ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौँ १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदय शमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह, काठमाडौँ ४ बाट गगनकुमार थापा विजयी हुनुभएका छ । यस्तै एमालेतर्फ काठमाडौँ ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौँ २ मा सोविता गौतम, काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।  नेकपा (एकीकृत समाजवादी) तर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा २ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…