SamwadKhabar logo

               

संघीय खबर

प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे अवधि हटाउने तयारीमा

संवाद खबर

संवाद खबर

प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे अवधि हटाउने तयारीमा
मङ्सिर २५, काठमाडौं । सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ । उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उच्च स्रोतका अनुसार गृहले यसबारे टिप्पणी उठाइसकेको छ । ३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाउने तयारी छ । प्रहरीभित्रै एक समूह भने तत्काल ३० वर्षे सेवा अवधि हट्न नहुने पक्षमा छ । त्यसमा हालका आईजीपी सिंहका ब्याचभन्दा जुनियर डीआईजीको समूह सक्रिय छ । सेवा अवधि हटाएर उमेर हदलाई कायम गर्ने तयारी छ । हाल प्रहरी ऐन नबनेकाले प्रहरी नियमावली संशोधन हुने र सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गरिने तयारी भएको गृहका एक अधिकारीले बताए । प्रहरीमा लामो समयदेखि नै ३० वर्षे सेवा अवधि हट्नुपर्ने माग उठ्दै आएको छ । हाल प्रहरीमा उमेर हद, पदावधि र ३० वर्षे सेवावधि पूरा भएर अवकाश पाउँछन् । प्रहरीमा ३० वर्षे सेवा अवधि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री भएकै बेला २०४९ मा लागु भएको थियो । उनले मोतीलाल बोहरालाई आईजीपी बनाउन प्रहरी नियमावली फेरबदल गरेर रत्नशमशेर जबरालाई हटाउन यो व्यवस्था लागु गरेका थिए । त्यही समयबाट प्रहरी संगठन ‘भद्रगोल’ भएको संगठनका सबैजसो पूर्व र वहालबाला अधिकारीहरु स्वीकार गर्छन् । देउवा आफैँले लागु गराएको ३० वर्षे सेवा अवधि हट्न अर्थ मन्त्रालयको सहमति चाहिन्छ । अर्थले सहमति दिएमात्रै मन्त्रिपरिषदबाट निर्णय हुने एक अधिकारी बताउँछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…