SamwadKhabar logo

               

संघीय खबर

गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्षमा पाण्डे

संवाद खबर

संवाद खबर

गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्षमा पाण्डे
मङ्सिर २८, काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र कोषाध्यक्षमा डडेल्धुराको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्ट निर्वाचित हुनुभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ । महाधिवेशनले पाँच जना पदाधिकारी र ३१ जना सदस्य गरी ३६ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । आइतबारदेखि सुरु भएको महाधिवेशन मङ्गलबार सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तेस्रो महाधिवेशका प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद धितालले जानकारी दिनुभयो । महासङ्घले स्थानीय तहका विभिन्न विषयमा प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्वय, सहजीकरण गर्दै आएको छ । साथै राष्ट्रिय मुद्दाहरूमा स्थानीय तहले गर्नुपर्ने कार्यका बारेमा सबै स्थानीय तहसँग सहकार्य गर्ने गरेको छ । २०४९ सालमा पहिलो पटक गाउँ विकास समिति महासङ्घका रूपमा गठन भएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…