SamwadKhabar logo

               

राजनीति

सबैलाई सम्मान सबैको पहिचानः अशोक राई

संवाद खबर

संवाद खबर

सबैलाई सम्मान सबैको पहिचानः अशोक राई
पुस ३, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले पहिचान राष्ट्रलाई एकताबद्ध बनाउने चिज रहेको बताएका छन् । शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आदिवासी जनजाति चलचित्र महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पहिचान आदिवासी जनजातिहरुको मात्रै पेवा नभएको पनि प्रष्ट पारे । उनले भने, ‘नेपालमा बस्ने नेपालीहरु हरेकको आ–आप्mनो भाषा, धर्म, संस्कृति, मूल्यहरु त्यो सबै पहिचान हो ।’ उनले ‘सबैलाई सम्मान सबैको पहिचान’ भन्ने नै पहिचानवादीहरुको उपयुक्त नारा हुने बताए । नेपालको राजनीति पहिचानप्रति सकारात्मक हुन नसक्नु नै समस्याको रुपमा रहेको भन्दै अब यसलाई हल गर्नुपर्ने उनले बताए । पूर्वमन्त्री समेत रहेका नेता राईले राज्यले आदिवासी जनजाति चलचित्रहरुलाई मात्रै नभएर समग्र नेपाली चलचित्र क्षेत्रलाई नै मदत गर्नुपर्ने बताए । नेपाली चलचित्रहरुले बलिउड चलचित्रहरुलाई थोरै भए पनि विस्थापन गर्न सकेको खण्डमा त्यसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा बल पुग्ने उनको भनाइ छ । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का लगायत जनजातिजन्य संगठनका प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा विभिन्न जातिका कलाकारहरुको प्रस्तुति रहेको थियो । महाधिवेशनको बन्दसत्र आइतबार बिहान ८ बजेदेखि नयाँ बानेश्वरमा हुनेछ । जसले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति गठन गर्नेछ ।

ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…