SamwadKhabar logo

               

संघीय खबर

बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने

संवाद खबर

संवाद खबर

बागमती प्रदेशमा तत्काल नयाँ सरकार गठन नहुने
पुस ५, काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको प्रक्रिया सुरू गर्ने तयारी गरेको हो । निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाई सकेको छ । बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएपनि त्यसको प्रक्रिया भने एक साता पछिमात्र सुरू गरिने भएको छ । प्रदेश प्रमुख शर्माले सबैसँग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने बताउनुभयो । आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उहाँले पहिलो संसद बैठकपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउने पनि बताउनुभयो । सांसदहरुको शपथपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्ने छ । त्यसपछि मात्र प्रदेशमा सरकार गठनको प्रक्रियाले तीव्रता पाउने भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…