SamwadKhabar logo

               

संघीय खबर

नवनिर्वाचित सांसदहरु क–कसले लिँदैछन् मातृभाषामा शपथ (सूची सहित)

संवाद खबर

संवाद खबर

नवनिर्वाचित सांसदहरु क–कसले लिँदैछन् मातृभाषामा शपथ (सूची सहित)
पुस ७, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ । संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो । नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् । शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ(आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए । उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् । मैथली भाषामा तीन जनाले शपथ लिने छन् । सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् । क-कसले लिँदैछन् मातृ भाषामा शपथ ? सराज अहमद फारुकी – उर्दु भाषा हितबहादुर तामाङ – तामाङ भाषा प्रदीप यादव – भोजपुरी भाषा रुपा सोसी चौधरी – थारु भाषा दुर्गा राई – कोइ/कोयू भाषा रामसहाय प्रसाद यादव – भोजपुरी भाषा रन्जु कुमारी झा – मैथली भाषा कान्तिका सेजुवाल – नेपाली खस भाषा अरुण कुमार चौधरी – थारु भाषा गंगाराम चौधरी डगौरा – थारु भाषा लालवीर चौधरी – थारु भाषा विनिता कुमारी सिंह – मधेसी भाषा चन्द्रकान्त राउत – मधेसी भाषा अनिता देवी – मधेसी भाषा सोनु मुर्मु – सन्याली भाषा सुमना श्रेष्ठ – नेपाल भाषा मनिष झा – मैथली भाषा लक्ष्मी तिवारी – अवधि भाषा अशोक कुमार चौधरी – थारु भाषा मिना तामाङ – तामाङ भाषा असिम साह – नेपाली/मुस्लिम भाषा सूर्यमान तामाङ दोङ – तामाङ भाषा महिन्द्रराय यादव – हिन्दी भाषा उमरादेवी यादव – भोजपुरी भाषा किरण कुमार साह – संस्कृत भाषा

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…