SamwadKhabar logo

               

अर्थ व्यवसाय

१५औँ वर्षमा फेसियल हाउस

संवाद खबर

संवाद खबर

१५औँ वर्षमा फेसियल हाउस
पुस ११, काठमाडौँ । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नंम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औं वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापित गर्न सफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चादि तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ , नेपाल राट्रिष्य उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विष्लेसक प्रकाश रायमाझी लगायत कलाकर पत्रकारको बाक्लो उपस्थीति रहको थियो । १५ वटा केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदि बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताईन् । उनले महिला चम्बरले फेसियल हाउस संग सहकार्य गर्ने समेत बताईन् । त्यस्तै यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय बनिसकेको छ । राष्ट्रिय उपभोक्तता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले केहि वर्ष अगाडी फेसियल हाउस बन्दनै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको अत्मा विश्वासका कारण नै हामि अझ ठुलो फेसियल हाउसमा १५ औं वार्षिक उत्सब मनाइरहेको छौं” उनले बताए । राजनीतिक विष्लेसक प्रकाश रायमाझीले धमाधम मानिषहरु विदेश पलायन भैरहेको बेला रोजगारी युक्त ब्यवसाय गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखि हातहरुको प्रयासले नै देश समृद्ध तिर जाने उनले बताए । सबै प्रकारका सौंन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सांैन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको हो । अनुभवी तथा दक्ष सांैन्दर्यकर्मीबाट सेवा प्रदान गरिने यो ब्युटिपार्लरका सेवाहरु सबै उत्कृष्ट नै छन् । अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक एवंम बरिष्ठ सौंन्र्यविद सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भिड बढिरहेको छ । उनले दिने सल्लाहा सुझाब र आफ्नो त्वजाको स्याहार कसरी गर्ने भन्ने अचुक उपाय दिने गर्दछन् । फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन् । चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै आएको फेसियल हाउसले सौंन्दर्यको क्षेत्रमा आएका नयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण पनि यसप्रति ग्राहकको आकर्षण बढेको हो । सफा एवं सुन्दर वातावरणमा सेवा संचालन गर्दै आएको फेसियल हाउसले नेपालका विभिन्न ठाउँमा आफ्नो शाखा बिस्तार गरिरहेको छ । यसैबाट पनि फेसियल हाउसको लोकप्रियतालाई सजिलै बुझ्न सकिन्छ । प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको टे«ड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ । काठमाडौंको काठमाडौं मल वाट एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीलाई सर्भिस दिइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद्  सुष्मा महाराले जानकारी दिएकी छन् । फेसियल हाउसले साना बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि विभिन्न समयमा छुटाछुट्टै प्याकेजहरु ल्याउने गरेको छ । यस्ता प्याकेजले सेवाग्राही थप लाभाम्वित भएका छन् । ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, व्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण(आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् । सुष्मा महराको बारेमा सौन्दर्यविद् भन्ने बित्तिकै सुष्मा महराको नाम नै नसुन्ने सायदै होलान् । विगत दुई दशकदेखि उनले सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी छिन् । राजधानीको काठमाडौं मलमा प्रधान कार्यालय मार्फत काठमाडौंमा ३ वटा र काठमाडौं वाहिर ३ ओटा औटलेट सञ्चालन गरीरहेको छ । सुष्मा महरा नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका रुपमा आफ्नो जिम्मेवारी सम्हालिरहेकी छिन् । सानैदेखि निडर स्वभावका कारण व्यवसायमा पनि सफलता हासिल गरेको उनी बताउँछिन् । राजधानीमा जन्मिएकी सुष्माले आफ्नो सफलताको पछाडि परिवारको अहम् भूमिका रहेको बताउँछिन् । उनी भन्छिन्, ‘मैले जुन सफलता पाएकी छु, त्यसको कारण मेरो परिवारलाई जान्छ, उहाँहरूको साथले सँधै मलाई अगाडि बढ्न हौसला दियो ।’ वि.सं. २०५५ सालमा एसएलसीसम्मको अध्ययन सकेपछि उनलाई साथीहरूले ब्युटीसियनको तालीम लिन सल्लाह दिए । त्यतिबेला साथीहरुको सल्लाहमै उनी ब्युटीसियनको तालिममा सहभागी भइन् । परिवारले पनि ब्युटीसियन सिक्छुभन्दा हुन्छ भन्नुभयो मलाई झन् आत्मबल बढ्यो,’ उनी भन्छिन्, ‘ब्युटीसियन पनि सिकिरहेकी थिएँ, यता प्लस टुको अध्ययन पनि चलिरहेको थियो, त्यही समयमा मेरो बिहे भयो ।’ बिहेपछि परिवार र श्रीमानले पूर्ण समर्थन गरेपछि ब्युटीसियन पेशा अंगालेको उनी बताउँछिन् । सुरुमा फेसियल हाउस सञ्चालन गर्दा केही अप्ठ्याराहरू त आएका थिए तर ती समस्यालाई समाधान गर्दै अगाडि बढेको सुष्मा बताउँछिन् । जीवनमा जन्मेपछि मृत्यु निश्चित छ त्यसैल बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सोच आउने उनी बताउँछिन् । ‘म आफैँ कुनै समय मृत्युको मुखमा पुगेर फर्केर आएको मान्छे हो, त्यसैले जस्तोसुकै काम गरे पनि त्यसलाई निरन्तरता दिनु र त्यसमा जोडतोडका साथ लाग्नुपर्छ जस्तो लाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘आज फेसियल हाउसमा जति पनि सिक्न आउनुहुन्छ, उहाँहरूले देश तथा विदेशमा बसेर सौन्दर्य पेशालाई अङ्गाल्दै अगाडि बढिरहनुभएको छ ।’ ब्युटीसियनहरु छालाको हेरचाह गर्दा या सेवा दिने क्रममा केमिकलसँग पनि खेल्नुपर्ने र यो काम केही चुनौतीपूर्ण रहेको पनि उनी बताउँछिन् । उनी सौन्दर्यविदहरुले सीप सिकेर मात्र नहुने बरु नयाँ प्रविधिहरू पनि सिक्दै जानुपर्ने धारणा राख्छिन् । ‘आजको समयमा सबैको स्मार्ट बन्ने चाहना त हुन्छ नै, त्यसका कारण केमिकलसँग खेल्नुपर्ने हुन्छ, जुन हाम्रा लागि चुनौतीपूर्ण छ,’ उनी थप्छिन् । विगतमा धेरै उतारचढाव आए पनि आफूले कहिल्यै ब्रेक नलगाएको उनी बताउँछिन् । सफल हुनका लागि हिम्मत हार्न नहुने सुष्माको बुझाइ छ । उनी फेसियल हाउसमा सिक्न आउने विद्यार्थीलाई पनि यसबारेमा भन्ने गर्छिन् । जीवनमा झनभन्दा झन् चुनौतीहरू त आउँछन् तर ती चुनौतीसँग लड्दै अगाडि बढ्नुपर्ने उनको तर्क छ । ‘जीवनमा समस्याहरु आइरहन्छन्, तर डगमडाउनु हुँदैन, काठमाडौं मलको अध्यक्ष हुँदा त मलाई धम्कीसमेत आयो, तर धम्की आयो भन्दैमा मैले मेरो काम नै त छोड्ने कुरा हुँदैन,’ सुष्मा भन्छिन्, ‘एकदिन संसारबाट जानु नै छ, आफ्नो कर्मलाई धर्म मान्दै अगाडि बढ्ने हो भनेर सबैका लागि राम्रो हुन्छ ।’ उनको बुझाइमा काम कहिल्यै पनि ठूलो सानो हुँदैन । जसले जे काम गर्छ, त्यही काम उसका लागि ठूलो हो । निरन्तर गरियो भने सफल पनि भइन्छ । ‘मैले फेसियल हाउस खोल्दा यसैमा जीवन समर्पित गर्छु जस्तो लागेको थिएन, निरन्तर मेहनतले गर्दा केही हदसम्म सफल बनाएको छ, खुशी लाग्छ,’ सुष्मा अगाडि थप्छिन्, ‘हामीकहाँ सीप सिकेर जानेहरु धेरैले रोजगार पाउनुभएको छ, विदेशमा पनि काम गर्नुभएको छ ।’  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …