SamwadKhabar logo

               

संघीय खबर

संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय

संवाद खबर

संवाद खबर

संसद अधिवेशनका लागि सबै तयारी पूरा: संसद सचिवालय
पुस १३, काठमाडौं । संघीय संसद सचिवालयले संसदको अधिवेशनका लागि आफू तयार रहेको बताएको छ । संचारकर्मीसँग कुरा गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन भइसकेको बताउनुभएको हो । सबै तयारी समेत पूरा भइसकेको उहाँको भनाइ छ । सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरु सकिएको बताउनुभयो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस २५ गते दिउँसो १ बजे पहिलो संसद अधिवेशन आह्वान गर्नुभएको छ । सहायक प्रवक्ता धमलाले संसदका पदाधिकारीहरुलाई दिइने सवारी साधनको भने अभाव रहेको बताउनुभयो । सचिवालयसँग स्रोत नभएको भन्दै उहाँले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दा पनि उपलब्ध हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,–‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौं । संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ । सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय र प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरु सकिएको छ । गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौं।’ सहायक प्रवक्ता धमलाले संघीय संसद सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजर अन्दाज गरेर बसेको आरोप लगाउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…