SamwadKhabar logo

               

संघीय खबर

चितवन र पर्साका क्रसर उद्योग बन्द

संवाद खबर

संवाद खबर

चितवन र पर्साका क्रसर उद्योग बन्द
पुस २६, काठमाडौं । गृह मन्त्रालयले अवैध क्रसरहरु बन्द गर्न निर्देशन दिएपछि देशका विभिन्न स्थानमा रहेका अवैध क्रसरहरु बन्द गर्न थालिएको छ । चितवन जिल्ला प्रशासनल कार्यालयले जिल्लामा रहेका १८ वटा क्रसर उद्योगलाई बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले यसअघि बन्द भएका पाँचसहित थप १३ वटा क्रसर उद्योग बन्द गराएको बताउनुभयो । भरतपुर महानगरपालिकाका भित्र रहेका पाँच वटा क्रसर उद्योग बन्द गराइएको भने खैरहनी नगरपालिकाका पाँच, रत्ननगर नगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा एकरएक, राप्ती नगरपालिकाका तीन र इच्छाकामना गाउँपालिकाका दुई वटा क्रसर बन्द गराइएको छ । बन्द गराइएका क्रसरको विद्युत लाइनसमेत काटिएको छ । यसैगरी, पर्सामा सञ्चालित ४ वटा अवैध क्रसर उद्योग बन्द पनि गरिएको छ । वीरगञ्ज मुसैलीस्थित यादव क्रसर उद्योग प्रा।लि।, वीरगञ्ज बसडिल्वास्थित सत्यम शिवम बालुवा प्रशोधन उद्योग, जय नेपाल बालुवा उद्योग, पर्सागढीको परशुरामपुरमा रहेको गंगा बालुवा उद्योग बन्द गरिएको हो । पप्पु कन्स्ट्रक्सनले सखुवाप्रसौनीमा सञ्चालन गरेको स्टक स्टोरमा पनि कारोबार नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले पर्सामा सञ्चालनमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिसकिएको जानकारी दिनुभयो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिनाले गैरकानुनी र मापदण्ड विपरीत सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गरिएको जानकारी दिनुभयो । यता बारामा पनि गैरकानुनी ढंगले सञ्चालन गरेका क्रसर तथा बालुवा प्रशोधन उद्योगको विद्युत लाईन काटिएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य नेतृत्वको टोलीले उद्योगहरुको स्थलगत अनुगमन गर्नुको साथै आवश्यक कारबाही गरेको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…