SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु

संवाद खबर

संवाद खबर

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको मर्जरपछि एकीकृत कारोबार सुरु
पुस २७, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैकले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । यी दुई बैंक मर्जरपछि बुधबारदेखि नेपाल इन्भेष्ट मेगा बैंकको नाममा औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको हो । १००ः९० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाल बैंक मर्ज भएका हुन् । मेगा बैंकको १०० कित्ता सेयर हुने सेयरधनीको मर्जपछि बनेको बैंकको ९० कित्ता सेयर हुनेछ भने नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरपछि बन्ने बैंकमा पनि १०० कित्ता नै सेयर हुनेछ । दुवै मर्जरपछि बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे हुने न् । कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकले प्रयोग गरिएको छ । मर्जरपछि बैंकको कूल पूँजीकोष ५८ अर्ब र कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ, कूल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ, कूल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यस्तै शाखा सञ्जाल २५७, एक्सटेन्सन काउन्टर ५९ र एटीएम संख्या २७५ पगेको छ । त्यस्तै ग्राहक संख्या ३० लाख पुगेको बैंकले दाबी गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …