SamwadKhabar logo

               

संघीय खबर

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति

संवाद खबर

संवाद खबर

नारायणगढ–बुटवल सडक विस्तारमा न्यून प्रगति
माघ ११, नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ । चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । “सुरुआती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो”, उहाँले भन्नुभयो, “जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ ।” निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताउनुभयो । क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ । “अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशतमात्रै सकिएको छ”, पार्कले भन्नुभयो, “विद्युत् पोल सार्ने काम ३० प्रतिशतमात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ ।” निर्माण कम्पनीका नेपालस्थित प्रतिनिधि सु यानले आयोजनाको म्याद करिब एक वर्ष थप भएको भन्दै त्यो समयसम्म ५० प्रतिशत प्रगति हासिल गरिने बताउनुभयो । “यहाँका जनताको गुनासो र पीडाबारे हामी अवगत छौँ, हामीले कामलाई तीव्रता दिएका छौँ”, यानले भन्नुभयो । हालसम्म नारायणगढ–बुटवल सडकको प्याकेज–१ मा २२ प्रतिशत र प्याकेज–२ मा २३ प्रतिशत काम भएको छ । गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जीनियर रमेश दिष्टीले निर्माण कम्पनीलाई काम चाँडो गर्न निरन्तर ताकेता गरिरहेको बताउनुभयो । “समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, यान्त्रिक उपकरण बढाउनुपर्ने भएकाले हामीले त्यसैअनुरुप दबाब दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । अहिले गैँडाकोटबाट डण्डासम्म सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम सकिन लागेको छ । दुई प्याकेजमा निर्माण भइरहेको एक सय १४ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डको प्याकेज–१ मा ६५ तथा प्याकेज–२ मा ४९ किलोमिटर सडक पर्दछ । प्याकेज–१ को लागत रु नौ अर्ब १५ करोड ७२ लाख तथा प्याकेज–२ को लागत रु सात अर्ब ८६ करोड ३२ लाख छ । एसियाली विकास बैंक ९एडिबी० को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…