SamwadKhabar logo

               

संघीय खबर

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री

संवाद खबर

संवाद खबर

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री
माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गरेका छन् । सन्देशमा प्रधानमन्त्री दाहालले सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेलाई आह्वान गरेका छन् । दिवस अवसरमा उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरेका छन् । आज फब्रुअरी २ तारिखका दिन संसारभर ‘आजको आवश्यकताः सिमसारको पुनःस्थापना’ भन्ने सङ्कल्पका साथ विश्व सिमसार दिवस मनाइँदै छ । जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छन् । पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुवानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् । ‘सिमसार संरक्षण गर्ने नेपालको आफ्नै मौलिक परम्परालाई सन् १९८८ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई विश्व रामसार सूचीमा सूचीकृत गरेर अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै सिमसार क्षेत्रको जगेर्नामा क्रियाशील रहेको सर्वविदितै छ । नेपालमा भएका तालतलैया, ढाव, कुवा, कुलो, खोलानाला गरी करिब पाँच दशमलव पाँच प्रतिशत क्षेत्रफल सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय महत्व भएका १० वटा सिमसार क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छौँ’ प्रधामन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमता समेत बढी हुने हुँदा यिनको संरक्षण, सम्बद्र्धन र दीगो सदुपयोग अति आवश्यक रहेकामा उहाँले जोड दिएका छन् । । प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, पानीको शुद्धिकरण र पुनःर्भरण, कार्बन सञ्चिति, खाद्यपदार्थको स्रोत सुनिश्चितता, जलवायु जोखिमसँग जुध्नसक्ने क्षमता, जीविकोपार्जनको स्रोत संरक्षण तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्न पनि सिमसार क्षेत्रको संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…