SamwadKhabar logo

               

राजनीति

‘सत्तामा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक’

संवाद खबर

संवाद खबर

‘सत्तामा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक’
माघ २१, काठमाडौँ । जनजाति नेताहरुले राज्य सत्ता सञ्चालनमा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल तमू संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठकमा नेताहरुले सो कुरा बताएका हुन् । समाजवादको लक्ष्य प्राप्तिका लागि वर्गीय मुक्ति र जातिय मुक्तिको आवाज समेट्नुपर्ने निष्कर्ष निकालेको छ । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य भविश्वर पराजुलीले नेपालको इतिहास सामान्ती शासनबाट गुज्रेर आएको बताउँदै २०६२÷०६३ को आन्दोलनबाट जनवादी क्रान्तिको उदय भएको बताए । नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तनमा जनजातिको योगदान उल्लेखनीय रहेको बताए । पराजुलीले नेपाली विशेषताको समाजवादबारे धारणा राख्दै इतिहासदेखि पिछाडिएको उत्पीडित वर्ग र जनजातीलाई नेतृत्वमा ल्याउन समाजवादले मार्ग प्रशस्त गरिने बताए । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि उत्पीडित वर्ग र जनजातीको नेतृत्व आवश्यक रहेकोले पार्टीको दस्तावेजमा विशेष स्थान दिनुपर्ने बताए ।   बैठकमा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य तुल बहादुर गुङरुले नेपालको जनजातिहरुलाई एक ठाउँमा संगठित गरी राजनीतिक नेतृत्वमा सहभागी गराउनुपर्ने बताए । समुदायको पहिचान, अधिकार र नेतृत्वको लागि समाजवादीले मार्ग प्रसस्त गरेको उल्लेख गर्दै जातीय संगठनहरु एकीकृत हुन आग्रह गरे । त्यस्तै पार्टी पोलिटब्यूरो सदस्य एवम् नेपाल तमु संघका सल्लाहकार विजय गुरुङले कम्युनिष्टहरुमा पनि फरक विचार र अस्तित्व बोकेर जन्मेको पार्टी भएकाले नेपाली समाजमा महत्वपूर्ण सहभागीता रहने बताए । नेपाली जनताको आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न पार्टीको दस्तावेजमा स्पष्ट धारणा ल्याउन सुझाव दिए । त्यस्तै नेपाल आदीवासी जनजाति महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले पार्टीमा जनजाती समुदायको सहभागीता र औचित्यबारे धारणा राखे । उनले पहिचान र क्षमताको कदर गर्दै नेतृत्वमा सहभागीता गर्नुपर्ने बताए । पार्टीमा आर्थिक क्रान्तिको एजेण्डलाई प्राथमिकताका साथ आगाडी बढाउनुपर्ने बताए । नेपाल तमू संघ समाजवादीका अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा बसेको उक्त बैठकमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगका सदस्य रामचन्द्र बल, नेपाल आदीवासी जनजाति महासंघ समाजवादीका महासचिव चन्द्र बहादुर तामाङ, नेपाल तामाङ संघ समाजवादीका केन्द्रीय अध्यक्ष लाप्साङ तामाङ, इन्द्रमाया गुरुङ लगायतले धारणा राखेका थिए ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन गर्ने

६ कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा जनप्रदर्शन …

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त

५ कार्तिक, काठमाडौं । गण्डकीको वन मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त हुनुभएको…