SamwadKhabar logo

समाचार

पुरानो बानेश्वरमा बाबु-छोरी मृत अवस्थामा भेटिए

संवाद खबर

संवाद खबर

पुरानो बानेश्वरमा बाबु-छोरी मृत अवस्थामा भेटिए
माघ २२, काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा भेटिएका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएका हुन् । शनिबार साँझ ६ बजे आफ्नै कोठाभित्र किशोर भुण्डिएको अवस्थामा र ७ वर्षिया छोरी भुइमा मृत भेटिएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ । बुबा किशोरशौचलयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । त्यसैले उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेन्सी सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेकको बताइएको छ । किशोरकी श्रीमती दिउँसो बाहिर गएर साँझ कोठा फर्कँदा भित्रबाट ढोका बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि