SamwadKhabar logo

               

अर्थ व्यवसाय

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती

संवाद खबर

संवाद खबर

विदेशबाट फर्किएर व्यावसायिक तरकारी खेती
माघ २२, सल्यान । स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवतीहरू विदेश पलायन भइरहेका छन् । स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहँदा सल्यान त्रिवेणी गाउँपालिका–५ मेलचौरका विष्णुबहादुर रावतले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहनुभएको छ । चार वर्ष साउदी र कतार बस्नुभएका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गर्नुभएको हो । परिवार पाल्नकै लागि चार वर्ष विदेशी भूमिमा बस्नुभएका रावतले अहिले आफ्नै घरमा वार्षिक ७ लाखभन्दा बढी चोखो आम्दानी गर्दै आउनुभएको छ । विदेशको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “विदेशमा बालुवामा पाँच फिट माटो राखेर तरकारी फलाइँदो रहेछ । नेपालमा तर बारीमा फाले मात्र पनि खान पुग्ने अन्नपात आउँछ ।” रावतले तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्दै आउनुभएको छ । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि त्यसको बदलामा जैविक विषादीको प्रयोग थालेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “झारबाटै विषादी बनाएर तरकारीमा छर्किने गरेको छु । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएदेखि यसको प्रयोग छाडेको हुँ ।” १५ रोपनी जमिन भाडामा रावतले २१ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । आफ्नो ६ रोपनी र भाडामा १५ रोपनी गरी २१ रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनु भएको हो । वार्षिक १ लाख १ हजार दिने गरी छिमेकीको १५ रोपनी जमिन भाडामा लिएको उहाँको भनाई छ । भाडामा लिएको जमिनमा १४ वटा प्लाष्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । खुल्ला आकाशमा भन्दा प्लाष्टिक घरमा तरकारी लगाउँदा रोग किराको संक्रमण कम हुनुका साथै बढी आम्दानी हुने गरेको रावतको भनाई छ । उहाँको टनेलभित्र टमाटर ब्रो काउली, धनियाँ, काउली, बन्दा लगायतका तरकारी रहेको छ । तरकारी बिक्री वितरणका लागि समस्या नभएको बताउँदै उहाँले ठूलो मात्रामा उत्पादन गर्न सकेमा बजारको समस्या कहिले नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै किसानहरूले मेरो तरकारी नै बिक्री हुँदैन भनेको सुन्छु थोरै तरकारी उत्पादन गरेमा कोही पनि नआउने भएकाले ठुलो मात्रामा खेती गरे बजार खोज्दै हिँड्नुपर्दैन ।” पछिल्लो समय किसानहरू बिचौलियाको मारमा परेको उहाँको भनाई छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …