SamwadKhabar logo

               

संघीय खबर

चितवन–२ उपनिर्वाचन : चैत २० गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

संवाद खबर

संवाद खबर

चितवन–२ उपनिर्वाचन : चैत २० गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका
माघ २९, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै १० गते उपनिर्वाचन हुने जानकारी दिएको हो । आयोगको कार्यतालिका अनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उमेदवारको मनोनयन दर्ता चैत २० गते हुनेछ । उमेदवारको विरोधमा उजुरी दिने चैत २१ गते गर्ने कार्यतालिका छ । मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उमेदवारको नामावली प्रकाशन गर्ने काम चैत २२ गते हुने आयोगले जनाएको छ । उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने तय भएको छ । गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा यही माघ १३ गते सर्वोच्च अदालतको आदेशपछि उनको सांसद पद खारेज भएको थियो । रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…