SamwadKhabar logo

               

तीर्थ परिचय

काभ्रेको दाप्चामा गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

संवाद खबर

संवाद खबर

काभ्रेको दाप्चामा गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो
फागुन २, बनेपा । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताए । वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिए । “धेरै पटक भित्र गएर हेरेको छु”, उनले भने, ‘त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहेका वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बतए । ‘करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो’, उनले भने, ‘सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।’ भित्र मिलेर बस्दा आठ÷ दसजना अटाउने ठाउँ रहेको लामाले बताए । वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिए । गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बतए । स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवद्र्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिए । त्यसका लागि संरक्षण समिति बनाउन आफूहरु लागिरहेको उनले बताए । बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहेका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…