महासंघको स्थापना दिवसः सूचना माग्ने अभियानलाई सक्रियता बनाउने
फागुन २, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचना हकको अभ्यासलाई हरेक नागरिकमाझ पु¥याउने अभियानलाई सशक्त बनाउने भएको छ ।
महासंघको प्रथम स्थापना दिवसको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा केन्द्रीय अध्यक्ष उमिद वागचन्दले हरेक नागरिकलाई सूचना माग्ने अभियानमा जोडिने बताउनुभयो । नेपालको संविधानले प्रदान गरेको मौलिक हकअन्तरगत सूचनाको हकलाई समावेश गरिएता पनि प्रभावकारी ढंगले जनताले अनुभूति गर्न नसकिएको भन्दै महासंघले अभियानलाई सक्रियता बनाउने बताउनुभयो । सूचनाको हकका लागि राष्ट्रिय महासंघले राज्यसंग आम नागरिकको चासोको विषय बनेको सूचना सहजै उपलब्ध गराउने वातावरण निर्माणमा लाग्ने बताउनुभयो ।
राज्यले कानुन अनुसार गर्छु भन्ने कामलाई कार्यन्वयनमा ल्याउन सुझाव सहितको दबाब दिन महासंघको दायित्व भएको उल्लेख गर्दै सूचना हकको प्रयोगलाई अभियानको रुपमा देशव्यापी लाने बताउनुभयो । मूलुकमा बढिरहेको भ्रष्ट्रचार, अनिमियततालाई न्यूनिकरण गराउन आम नागरिक ने जागरूक हुनुपर्ने अवश्थ आएकोले सूचना माग्ने अभियानलाई तिब्रता दिन महासंघले रणनीतिक योजनासमेत तय गरेको बताउनुभयो ।
त्यस्तै सूचनाको हकका लागि राष्ट्रिय महासंघ उपत्यका अध्यक्ष तारा बहादुर भण्डारीले हरेक प्रशासनिक क्षेत्र तथा सार्वजानिक चासोको सूचनाहरु आम नागरिकको व्यवहारिक जीवनसंग जोडिएको हुँदा सूचना हकको अधिकारलाई अभ्यासमा लाग्न सबैलाई आग्रह गर्नुभयो । महासंघले २०७८ फागुन २ गतेदेखि विधिवत रूपमा दर्ता भइ कार्य सम्पादन गर्दै आएको छ ।