SamwadKhabar logo

               

तीर्थ परिचय

नवौँ कागेश्वरी पर्यटन महोत्सव सम्पन्न (फोटो फिचर)

संवाद खबर

संवाद खबर

नवौँ कागेश्वरी पर्यटन महोत्सव सम्पन्न (फोटो फिचर)
फागुन ८, काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित कागेश्वरीधाममा पर्यटन महोत्सव सम्पन्न भएको छ । कागेश्वरी वडा नं. १ मा पर्ने सो क्षेत्र भौगोलिक रुपमा काठ क्षेत्र रहेको छ । कृषि पेसामा आधारित त्यस क्षेत्रको स्थानीय उत्पादनको प्रर्वद्धन, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण गरी संसारभर चिनाउने उद्देश्यले आयोजना गरेको सो महोत्सव ९ वर्षमा प्रवेश गरेको छ । उक्त महोत्सवमा संघीय संसदका सभामुख देवराज घिमिरे, बागमति प्रदेशका कृषि तथा पशुन्छी विकास मन्त्री केशव प्रसाद पोखरेल, संविधानसभा सदस्य रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए । महोत्सवमा प्रमुख अतिथि समेत रहेका सभामुख  देवराज घिमिरेले महोत्सवलाई  गन्तव्यको रुपमा विकास गराउन सरकारलाई ध्यानाकर्ष गराउनुपर्ने बताए । राज्यको लगानीलाई उचित ढंगबाट सदुपयोग गर्नुपर्ने बताउँदै पर्यटन प्रर्वद्धनमा आवश्यक सहयोग गराउन सरकारलाई ध्यानाकर्षण  गरिने प्रतिवद्धतता गरे । त्यस्तै बागमति प्रदेशका कृषि तथा पशुन्छी विकास मन्त्री केशव प्रसाद पोखरेलले कषि पर्यटनलाई प्रोत्साहन दिन सबैलाई आग्रह गरे । बागमति प्रदेश सरकारबाट कृषि क्षेत्रमा आएको समस्या समाधान गर्न हेल्प डेस्क र ट्रोलफ्रि नम्बरको व्यवस्था गरेको बताए । किसानको समस्यालाई मन्त्रालयमार्फत सम्बोधन गर्ने उद्देश्यले आफु लागेको बताउँदै कृषिमा लागेका किसान, युवालाई प्रोत्साहन तथा अनुदानको कार्यक्रमलाई तिब्रता दिने बताए । संविधान सभा सदस्य तथा पर्यटन महोत्सवको सहजकर्ता रामेश्वर फुयाँलले महोत्सवले ओझेलमा परेको ठाउँको प्रचारप्रसार एवम् सामाजिक सद्भावको विकास हु्ने बताए । उनले कागेश्वरीधाम आफैँमा प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक विशेषता रहेको बताउँदै मानव निर्मित कागको मूर्तिले थप आकर्षणको केन्द्र बनाएको बताए । बहुसंख्यिक तामाङ समुदाय बसोबास गर्दै आएको त्यस क्षेत्रको वृद्धि विकासको लागि सहयोग पु¥याउन सडक निर्माणदेखि सम्पदाहरुको प्रचारमा राज्यको ध्यान पुग्नुपर्ने बताए । फुयाँयलकै पहलमा लोकतान्त्रिक सहिद उद्यन पार्क गागलमा विश्वकै ठूलो कागको मूर्ति पनि बनेको छ । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी महोत्सवले नगरपालिकाको पहिचानमा मद्दत पु¥याएको बताए । उनले नगरपालिकाको नेतृत्वमा गागलमा तामाङ संग्रहालय निर्माण गरिने बताए । नगरपालिकाभित्र रहेको समुदायको कला, संस्कृति, संस्कार एवम् उत्पादनलाई प्रर्वद्धन गर्न नगरपालिका अग्रसर रहने बताए । त्यस्तै कागेश्वरी १ का वडा अध्यक्ष मकुन्द गजुरेलले पर्यटन महोत्सवले गर्दा कागेश्वरीको थप पहिचान भएको बताए । महोत्सवको ९ औँ वर्षमा प्रवेश गर्दा देश तथा विदेशमा समेत कागेश्वरी नगरभित्रका प्राकृतिक सुन्दर पक्षबारे जानकारी भएको बताए । धार्मिक एवमु प्राकृतिक महत्व बोकेको कागेश्वरीधामलाई थप व्यवस्थित बनाउँदै पर्यटकमैत्री बनाउन स्थानीयको समेत ठूलो भूमिका रहेको बताए । महोत्सवमा ख्याती प्राप्त कलाकारहरु तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिएको थियो । स्थानीय कला, रीतिरिवाजअनुसार पहिरन र परिकारहरु समेत प्रर्दशनमा रहेका थिए । स्थानीय क्राँक्रीहरुको नृत्यसंगै तामाङ डम्फूसहित सेलोको प्रस्तुती रहेको थियो ।      

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…