SamwadKhabar logo

समाचार

सौहार्दपूर्ण रङ्हरुको पर्व होली

संवाद खबर

संवाद खबर

सौहार्दपूर्ण रङ्हरुको पर्व होली
फागुन २१, काठमाडौँ । वसन्त ऋतुको आगमनको प्रतीकको रुपमा लिइने हिन्दू धर्मालम्बीहरुको होली पर्व प्रत्येक वर्ष फागु शुक्ल पूर्णिमाको दिन भव्यताका साथ मनाइन्छ । विशेष गरी नेपाल र भारतमा यस होलिका दिन एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाएर मनाउने चलन छ । यस पर्वलाई वसन्त ऋतुको आगमनको प्रतिकको रुपमा लिइन्छ । विभिन्न चाडपर्व मनाउनुको कारण इतिहासमा घटेका घटिक घटनामा, किंवदन्तीमा आधारित हुन्छ । त्यसै गरी होली मनाउनुको कारण हिन्दू संस्कृतिअनुसार त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई भने केही नभएको दिनको सम्झनामा होली पर्व मनाउन सुरु गरिएको हिन्दू धर्मालम्बीहरुको मान्यता रहेको छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । नेपालमा पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले रमाइलो र सम्पूर्णमा रंगीन रङ्हरुको रौनकता छाएको देखिन्छ । यो पर्वले राग, द्वेष, क्रोध, ईष्र्या, त्याग गरेर सुमधुर सम्बन्ध स्थापित गर्नुको साथै सम्बन्धमा निकटता कायम गराउदछ । पछिल्लो समयमा होली पर्वमा पनि विभिन्न खालका विकृति–विसङ्गतिहरू भित्रिएको छ । होलीमा कसैले इच्छाविपरीत रङ दलिदिने, हिलो लगाइदिने, मादक पदार्थ खाएर दुव्र्यवहार गर्ने जस्ता काम बढ्न थालेको छ, जुन समाजको लागि अपच्य हुन्छ । पर्वहरुको नाममा हुने गरेको विकृति विसंगतीलाई न्यूनीकरण गर्न सबै पक्ष सचेत हुन आवश्यक छ । पर्वहरु सामाजिक सद्भाव र भातृत्वको सम्बन्ध कायम गर्ने र उत्साहजनक हुनुपर्दछ । आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षणको लागि राज्य प्रशासन र आम नागरिकले ध्यान दिन जरुरी छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि