SamwadKhabar logo

               

अर्थ व्यवसाय

एनसीएचएल र नेफ्स्कून बीच सम्झौता

संवाद खबर

संवाद खबर

एनसीएचएल र नेफ्स्कून बीच सम्झौता
फागुन २५, काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटाईज गर्ने कार्यलाई सहजिकरण गराउने सहकार्यको लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ । काठमाडौंको सोल्टी होटलमा जारी सिईओ वर्कशपमा दुई पक्ष बीच सम्झौता भएको हो । सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बिमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सकिनेछ । एनसीएचएलका सिईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताए । प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए । सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजमा कोशेढुंगा सावित हुने नेफ्स्कूनका सिईओ पोखरेलले बताए । सिईओ वर्कशपमा प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै प्रधानले सहकारी संस्थाहरुले पुराना प्रविधिहरु नपछ्याएर नयाँ प्रोडक्ट दिन सक्नुपर्ने बताए । अनलाईनबाटै कर्जा प्रवाह गर्ने प्रविधि समेत सहकारीले प्रयोग गर्नुपर्ने उनको भनाई थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …