SamwadKhabar logo

               

संघीय खबर

प्रहरीमा फेरि १६ वर्षे पेन्सन योजना

संवाद खबर

संवाद खबर

प्रहरीमा फेरि १६ वर्षे पेन्सन योजना
फागुन ३०, काठमाडौं । सुरक्षा निकायकमा उच्च प्रहरी अधिकारी जागिर लम्बाउने प्रयासमा लागिरहँदा तल्लो तहका प्रहरी भने छिटो अवकाशका लागि माग गर्दै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १६ वर्षमा पेन्सनको सुविधा दिन माग हुँदै आएको छ । सशस्त्र प्रहरीले भने हालै यससम्बन्धि प्रस्ताव अघि बढाएको छ । स्रोतका अनुसार गृह मन्त्रालयसँग छलफल गरेर सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नियमावली संशोधनको प्रस्ताव अघि बढाएको हो । हालको सरकार यसमा सकारात्मक भएकाले यो प्रावधान पास हुने सम्भावना रहेको गृहका एक अधिकारी बताउँछन् । सरकारले नेपाली सेनामा सो व्यवस्था गरिसकेको छ । नेपाल प्रहरीबाट पनि एक वर्षअघि नै गृह मन्त्रालयमा यससम्बन्धि प्रस्ताव अघि बढेपनि त्यो त्यतीकै रोकिएको छ । हाल पेन्सनका लागि न्यूनतम सेवा अवधि २० वर्ष छ । २० वर्ष सेवा गर्दा उमेर ४० वर्ष पुग्ने र त्यसपछि विदेशमा कम अवसर पाउने भएकाले १६ वर्षमै पेन्सनको व्यवस्था गर्न प्रहरी अधिकारीले दबाब दिदै आएका हुन् । तल्लो तहका प्रहरीलाई सुविधा थोरै र दुःख धेरै भएकाले पेन्सन अवधि पुगेलगत्तै स्वेच्छिक अवकाश रोज्ने गरेका छन् । नेपाली सेनामा १६ वर्ष अवधि पुगेलगत्तै अवकाश लिन पाइने तर २० वर्ष पुगेपछि मात्र पेन्सन पाउने व्यवस्था गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीले पनि यस्तो सुविधा दिन नेतृत्वलाई आग्रह गर्दै आएका छन् । यो प्रावधानले राज्यलाई आर्थिक भार पनि नपर्ने र नयाँले रोजगारीको अवसर पनि पाउने भएकाले १६ वर्षे पेन्सनको नीति लिनुपर्ने दबाब राज्यमाथि छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…