SamwadKhabar logo

               

युवा

स्ववियु निर्वाचनः नेपाल कमर्स क्याम्पसमा हुमागाईले दिए स्वतन्त्र उम्मेद्वारी

संवाद खबर

संवाद खबर

स्ववियु निर्वाचनः नेपाल कमर्स क्याम्पसमा हुमागाईले दिए स्वतन्त्र उम्मेद्वारी
फागुन ३०, काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा एक नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यही चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शैक्षिकक एवम् सामाजिक अभियानता कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । विगत ८ बर्षदेखी रचनात्मक विद्यार्थी आन्दोलन र उपत्यकाको ६० भन्दाबढी कलेज तथा क्याम्पसहरूमा रचनात्मक गतिविधिहरू संचालन गर्दै अगाडि बढेका कृष्ण हुमागाईंले क्याम्पस वातावरण सुधार, अनुशासित शैक्षिक वातावरण, क्याम्पसमा रचनात्मक कार्यक्रमहरू संचालन , विभिन्न मानविय सेवाका कार्यहरूमा महत्त्वपूर्ण योगदान दिदै आइरहेका छन् । उनी संघिय २०७६ सालमा नमुना युवा संसद समेत भईसकेका छन् भने छिमेकी देशको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा पनि सहभागी भइसकेका छन् । नेपालको अनुशासित र संस्कारित संगठनको रूपमा चिनिने प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रदेश सचिव हुँदै राष्ट्रिय मिडिया प्रमुख समेत रहेका हुमागाईं अत्यन्तै बौद्विक र क्षमतावान व्यक्तिहुन । संचार क्षेत्रमा पनि शैक्षिक विधालाई लिएर सकृय भएका कृष्ण हुमागाईं गुणस्तरीय रोजगार, संस्कार र सीपयुक्त शिक्षाका लागि प्राज्ञिक व्यक्तित्वहरू र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग निरन्तर संवादमा गर्दै २ दर्जन भन्दाबढी लेखरचनाहरू पनि प्रकाशन गरिसकेका छन् । २७ गते नै उम्मेदवारी दर्ता गराउनु पर्नेमा नेपाल कमर्स क्याम्पसमा केही विद्यार्थी संगठनहरूले असन्तुष्ट जनाउदै तालाबन्दी गरेकोले त्यस दिन हुन सकिरहेको थिएन । अन्तिममा सहमतिमा आएपछि फागुन ३० गते निर्वाचनमो थप प्रकृयाहरू अगाडि बढाइएको छ । आजै उम्मेदवारहरूको दर्ता, दर्ता नामावली प्रकाशन, दाविविरोध र अन्तिम नामावली पनि प्रकाशन गर्ने कार्यतालिका रहेको छ । नेपाल कमर्स क्याम्पमा नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु ( क्रान्तिकारी) र स्वतन्त्र उम्मेदवारले चुनावमा प्रतिस्पर्दा गर्दै छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…