SamwadKhabar logo

               

तीर्थ परिचय

कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने

संवाद खबर

संवाद खबर

कपिलवस्तुमा संसारकै अग्लो बुद्धको मूर्ति बन्ने
चैत ३, तौलिहवा । संसारकै सबभन्दा ठूलो अर्थात् २४५ मिटर अग्लो कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गर्नुभएको हो । जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइनेछ । त्यस्तै ठाउँ निश्चित भएपछि इन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले विश्वकै ठूलो बुद्व मूर्तिले विश्वकै ध्यान तान्ने बताउनुभयो । परियोजनाले सिगो लुम्बिनी प्रदेशका लागि कोसेढुङगा साबित हुने बताउनुभयो । उहाँले परियोजनाले कपिलवस्तुवासीहरूलाई आम्दानीसँग पनि जोड्न सक्ने बताउनुभयो । साथै परियोजनाका लागि विदेसी उत्साहका साथ लाग्नुभएको उहाँको भनाइ छ । परियोजना सफल बनाउन प्रदेश सरकारले समेत अपनत्व लिने मन्त्री पन्थीले बताउनुभयो । सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्त्वपूर्ण दिन र काम भएको बताउनुभयो । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै चिनिया धर्मगुरु छ्याङ पिङले पावन भूमिमा आउन पाउनु निकै खुसी महसुस भएको बताउनुभयो । कपिलवस्तु नगरपालिकामा कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल भएकोले यो भूमि निकै नै महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । यस परियोजनाले चीन र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कमलको फूल झैँ बुद्धको ज्ञान संसारभर नै फैलिएको छ ।” विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्ने भएपछि गर्वको विषय रहेको नगरप्रमुख सुदीप पौडेलले बताउनुभयो । लुम्बिनी आउने पर्यटकहरू मूर्ति हेर्न यहाँ आउने नै हुने छन् भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । पर्यटकको सङ्ख्या बढेपछि पक्कै नै यस क्षेत्रको सामाजिक, आर्थिक उन्नति हुने उहाँको भनाइ छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले ३ वटा बुद्धको जन्मथालोका रूपमा रहेको कपिलवस्तुका विकासमा यो मूर्ति निर्माणले नयाँ आयाम थपिने बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले अब कपिलवस्तुको विकासले गति लिने बताउनुभयो । मूर्ति निर्माणका लागि जग्गाको यकिन गरी सो जग्गाको स्वामित्वका विषयमा पहल नगरपालिकाले गर्नेछ । मूर्ति र पार्क निर्माणका लागि प्रारम्भिक ३० अर्बभन्दा बढी बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।– गोरखापत्र

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…