SamwadKhabar logo

               

संघीय खबर

राजसी शैली तोड्दै कारगेटविनै बसन्तपुर पुगे राष्ट्रपति पौडेल

संवाद खबर

संवाद खबर

राजसी शैली तोड्दै कारगेटविनै बसन्तपुर पुगे राष्ट्रपति पौडेल
चैत ४, काठमाडौं । राष्ट्रपति पौडेल शनिबार सुरक्षा कारकेडविनै काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । गणतन्त्र स्थापनापछि देशले यसअघि दुई जना राष्ट्रपति पाइसकेको छ । गणतन्त्रका दुवै राष्ट्रपतिको राजसी शैली देखेर जनता आजित थिए भने उनीहरुले जनस्तरमै आलोचित बनेका थिए । पूर्वराष्ट्रपतिद्वयको आलोचना सुनेका पौडेलले राष्ट्रपति हुनअघि ‘राजसी शैली अर्थात पुरानो परम्परा तोड्ने’ बताएका थिए ।शनिबार अपरान्ह कुमारी घरमा दर्शन पुग्दा राष्ट्रपति पौडेलको सुरक्षा कारगेट थिएन । त्यसैले कतिपय राष्ट्रपति आएको समेत थाहा पाएनन् । राष्ट्रपति पौडेलको सवारीमा बाटो ठप्प बनाइएन । सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । यसअघि राष्ट्रपति हुनेवित्तिकै पशुपतिनाथको दर्शन गर्न जाँदा भने सडक खाली गराइएको थियो । तर, त्यतिखेर उनको आलोचना भएको थियो । त्यतिखेर राष्ट्रपति पौडेललाई ‘उही परानै तालका राष्ट्रपति’ भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । तर, शनिबार राष्ट्रपति पौडेल कारगेटविनै मात्र अगुवा–पछुवा गाडी लिएर बसन्तपुर पुगेर कुमारीको दर्शन गरेका छन् । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन । राष्ट्रपति पौडेलको आजको सवारीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा सुरु भएको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…