SamwadKhabar logo

               

संघीय खबर

आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा सवारी आवगमन प्रभावित (सवारी रुटसहित)

संवाद खबर

संवाद खबर

आइतबारसम्म काठमाडौंका यी क्षेत्रमा सवारी आवगमन प्रभावित (सवारी रुटसहित)
चैत १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने महानगरले जनाएको छ । रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई उक्त दिन प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ । आज (चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते (भोलि) असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ । महानरगका अनुसार चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन । रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ । तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…