SamwadKhabar logo

               

संघीय खबर

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ

संवाद खबर

संवाद खबर

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आजै शपथ
चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । यसअघि बिहीबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरिएपनि नेपाली कांग्रेससहितका दलहरुले मन्त्रीको लिष्ट तयार गर्न नसक्दा मन्त्रीपरिषद विस्तार हुन नसकेको हो । यसैबीच प्रधानमन्त्री प्रचण्डले आज मन्त्रीपपरिषद विस्तार गर्ने र आजै मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको स्रोतले जानकारी दियो । त्यसका लागि प्रधानमन्त्रीले आज ११ बजेसम्म मन्त्री बन्नेहरुको नाम दिन दलहरुलाई निर्देशन समेत दिइसकेका छन् । शुक्रबार दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रमको तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मन्त्रालयको संख्याका विषयमा सहमति जुटिसकेपनि कुन मन्त्रालय कसले नेतृत्व गर्ने भन्ने समझदारी हुन सकेको छैन । सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ वटा मन्त्रालय दिने समझदारी बनेको छ । नेताहरूका अनुसार देउवाले मन्त्री हुनेहरूको नामावली तयार पारिसकेपनि मन्त्रालय भागबन्डा मिलाउन भने सकस परेको हो । गठबन्धनको भागबन्डा अनुसार कांग्रेस ८, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी २, जनता समाजवादी पार्टी २, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, जनमत पार्टी १, नेपाल समाजवादी पार्टीले १ मन्त्रालय लिने समझदारी छ । त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…