SamwadKhabar logo

               

अर्थ व्यवसाय

दोल्ती पावरको आईपीओ आजबाट बिक्री खुला

संवाद खबर

संवाद खबर

दोल्ती पावरको आईपीओ आजबाट बिक्री खुला
चैत २८, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्ट्याएको थियो । त्योमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँबराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो । एक करोड सात लाख २९ हजार ८०० रुपैयाँबराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ । ६८ लाख एक हजार ७०० रुपैयाँबराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्ने छन् । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल ‘बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरी ०७६ पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । यो आयोजना निर्माण गर्न एक अर्ब आठ करोड २२ लाख ९० हजार रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । यो आयोजना निर्माण गर्न विद्युत् खरिद सम्झौता गर्दा समयमा ७८ करोड ४७ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म यो कम्पनी चार करोड ७७ लाख ५३ रुपैयाँ नोक्सानीमा छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …