SamwadKhabar logo

               

संघीय खबर

सगरमाथा चढ्न ४६३ जनाले लिए अनुमति

संवाद खबर

संवाद खबर

सगरमाथा चढ्न ४६३ जनाले लिए अनुमति
वैशाख १४, काठमाडौं । विश्वके सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिने बढ्दो छ । सगरमाथा आरोहणका लागि यस सिजनमा सबैभन्दा धेरै आरोहीलाई अनुमति प्रदान गरिएको छ। अर्को साता सुरु हुने वसन्तकालीन आरोहणका लागि ३ सय ६७ पुरुष र ९६ महिला गरी ४६३ जनाले अनुमति लिइसकेका छन्। सगरमाथाको वसन्तकालीन आरोहणका लागि सगरमाथामा मानव पाइला टेकिएको ७० वर्षे इतिहासमै यो सबैभन्दा ठूलो संख्या हो । नेपाल पर्यटन बोर्डका निर्देशक युवराज खतिवडाका अनुसार अझै एक साता अनुमति दिइने भएकाले संख्या अझै बढ्न सक्नेछ। यस पटक सबैभन्दा बढी ९६ चिनियाँ नागरिकले अनुमति लिएका छन्। दोस्रोमा अमेरिकी छन्। ८७ जना अमेरिकीले सगरमाथा आरोहणको अनुमति लिएका हुन्। एक पटक जारी भएको आरोहण अनुमति ७५ दिनसम्म कायम रहन्छ । अनुमति लिएकामध्ये ७० प्रतिशत आरोही आधार शिविर पुगिसकेको खतिवडाले बताए । आरोहीका चापका कारण सोलुखुम्बुको नाम्चेमा होटल भरिभराउ रहेको होटल सञ्चालक छिमिकाल्देन शेर्पाले जानकारी दिए। यस पटक सगरमाथा जाने आरोहीबाट ६५ करोड ३ लाख ६७ हजार २ सय १९ रुपैयाँ रोयल्टी रकम संकलन भइसकेको छ । रोयल्टी पनि ७० वर्षे इतिहासकै सबैभन्दा बढी भएको निर्देशक खतिवडाले जानकारी दिए। ६ हजार मिटर उचाइमाथिका नेपालका २४ वटा हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिइसकेका छन्। यीमध्ये ८ सय ७ पुरुष र २ सय ३९ महिला छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…