SamwadKhabar logo

               

अर्थ व्यवसाय

कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया

संवाद खबर

संवाद खबर

कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाई संगै राखेर चेम्बरको अन्तरक्रिया
वैशाख १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै राखेर अन्तरक्रिया गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहित कृषि तथा पशु पन्छि विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, कृषि विभागकी निमित्त महानिर्देशक डा. शान्ता कार्की समक्ष देशभरका ६० भन्दा बढी किसान प्रतिनिधिले कृषि कर्ममा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक बर्षको बजेटका लागि कृषि क्षेत्रसंग सम्वन्धित विभिन्न सुझावहरु समेत दिएको छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि कृषिको उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, उत्पादनदेखि बजारीकरणसम्म स्पष्ट नीतिगत व्यवस्था एवं बिचौलिया बजार अन्त्य हुनुपर्ने लगायतका सुझाव चेम्बरले दिएको छ । चेम्बरका अध्यक्ष मल्लले मुलुकको खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘कम्तिमा धान, मकै, गहँु, एवं फलफुल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा बार्षिक ३ खर्व रुपैयाँ हाराहारीमा खाद्यन्ह मात्रै आयात हुनु मुलुकै लागि दुर्भाग्य हो, ।’ अध्यक्ष मल्लले बाँझो जमिनलाई सदुपयोग गर्नेगरी ठोस नीति ल्याउन समेत आग्रह गर्नुभयो । झण्डै ६५ प्रतिशत नागरिक कृषि कर्ममा आवद्ध भएपनि कुल ग्रार्हस्त उत्पादन जीडीपीमा यो क्षेत्रको योगदान मुस्किलले २३ प्रतिशत मात्रै भएको मल्लले बताउनुभयो । सरकारले पछिल्लो समय बाँझो जमिनको सदुपयोग नीति अन्र्तगत ५० बर्ष सम्म लिजको व्यवस्था गरेपनि प्रभावकारी कार्यन्वयन हुन नसकेको उहाँको भनाई छ । कृषि क्षेत्रमा प्रवाह हुने ऋण खेत किन्नेलाई नभई खेती गर्ने किसान समक्ष पु¥याउनुपर्नेमा मल्लले जोड दिनुभयो । कृषि मन्त्रालयका सचिव डा शर्माले लगानीको प्रतिफल सुनिश्चित नभएकाले पनि कृषि क्षेत्रमा अपेक्षित लाभ लिन नसकेको बताउनुभयो । खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षा मानेर सरकारले बजेटमा विशेष व्यवस्था गर्न लागेको सचिव शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाद्य सुरक्षा विश्वकै लागि चुनौती बनिरहेको छ । सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर यो वर्ष बजेटमा विशेष व्यवस्था गर्न लागेको छ, ।’ यो बर्ष खेती गर्ने समयमा समयमै मल उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । कृषिको उत्पादन वृद्धि, बजारीकरण, निर्यात प्रोत्साहनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सचिव शर्माले बताउनुभयो । खेतीयोग्य जमिनमा सिंचाई सुविधाका लागि अन्तरमन्त्रालय समन्वयमा पनि समस्या भएको शर्माले बताउनुभयो । कृषि योग्य भूमिलाई गैर कृषिमा निरुत्साहित गर्न सरकारले अधिकतम प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा देशभरबाट आएका किसान प्रतिनिधिले कृषि क्षेत्रमा विचौलिया सक्रिय रहेको गुनासो गरेका थिए । बिचौलियाका कारण नै कृषक र उपभोक्ता मारमा पर्ने गरेको कृषकहरुले बताए । कृषिको विकासका लागि नीतिगत समस्या संगै अन्तरमन्त्रालय र तीन तहको सरकारबीच समन्वय नहुँदा समस्या भएको उनीहरुको भनाई छ । कृषिलाई पर्यटनसंग जोडेर योजना बनाउन आवश्यक रहेको अधिकांशको जोड छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …