SamwadKhabar logo

               

संघीय खबर

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

संवाद खबर

संवाद खबर

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप
वैशाख १८, काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ । आजसम्ममा ती पोष्ट स्थापना गरी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिसकिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । यसरी थपिएको सीमा सुरक्षा चौकीमा हाल भएकै सशस्त्र प्रहरी कर्मचारीलाई परिचालन गरिएको पनि उनले बताए । योसँगै अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई सय ४९ वटा बिओपी पुगेको छ । यसअघि दुई सय २८ वटा बिओपी स्थापना भएको थियो । सरकारले पाँच सयवटा बिओपी पुर्याउने लक्ष्य राखेको छ । क्रमशः अन्य जिल्लामा पनि थप गर्दै जाने योजना रहेको जनाइएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागसमेत स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको सशस्त्र प्रहरीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस्तै, अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन एकाइमा हटलाइन सेवाहरू थप गरी कार्यान्वयनमा ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपालले भए गरेका कार्यप्रगतिबारे जानकारी दिँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन एकाइ स्थापना गरिएको र विभिन्न माध्यमबाट प्राप्त पाँच सय २० गुनासोमध्ये पाँच सय १८ फर्छ्योट भइसकेको र दुईवटा छानबिनका क्रममा रहेको जानकारी दिए । सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको र सोही क्रममा विभिन्न ६५ युनिटमा जवान मेसहरूको स्तरोन्नति गरिएको उनले बताए । एक जवान एक बेडिङ अवधारणा लागू गर्ने अवधारणाअनुसार करिब ८५ प्रतिशत कर्मचारीका लागि बेडिङ तयार भइसकेको र ७० युनिटमा शिशु स्याहार केन्द्र स्थापना गरिएको पनि जानकारी गराइएको छ । आर्थिक वर्ष ०७९÷०८० को वैशाख १६ गतेसम्ममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटले अवैधरूपमा चोरी–निकासी तथा पैठारी गरिरहेको अवस्थामा रु ९६ करोड ९५ लाख सात हजार सात सय ९३ बराबरको माल, वस्तु नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाएको छ । यसअघि आर्थिक वर्ष ०७८÷०७९ को यो समयमा रु ७९ करोड ८५ लाख ९९ हजार ६३ मात्रै बुझाइएको थियो । चालु आवको अहिलेसम्म १९ वटा विभिन्न प्रकारका पेस्तोल, १६ वटा भरुवा तथा एअर बन्दुकलगायत थुप्रै विस्फोटक पदार्थ बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ । यस्तै, चार हजार दुई सय ८३ केजी गाँजा, ३५ केजी चरेस तथा ४० हजार चार सय ९५ ट्याबलेट लगायतका विभिन्न किसिमका लागूपदार्थ बरामद गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…