SamwadKhabar logo

               

संघीय खबर

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

संवाद खबर

संवाद खबर

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता
असार ६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण दर्ता गर्ने स्थान तोकिएकामा अब काठमाडौंबाहिर स्थायी ठेगाना भएका सेवाग्राहीको हकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि अलग स्थान तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट तोकिएअनुसार नै तत्तत् स्थानमा गएर विवरण भर्न पनि काठमाडौं प्रशासनले अनुरोध गरेको छ । विभागले काठमाडौंबाहिरका नागरिकको हकमा दुई फरक–फरक स्थानमा तोकेको उनले बताए । नारायणहिटी दरबार संग्रहालय परिसरमा मधेस प्रदेशका धनुषा र पर्साका सेवाग्राहीले विवरण दर्ता गराउनुपर्नेछ । यस्तै, राष्ट्रिय सभागृहमा काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका वाग्मती प्रदेशका सबै जिल्लाका नागरिकले विवरण भराउन सकिने सहायक प्रजिअ आचार्यले बताए । यसअघि, ती क्षेत्रका नागरिकले काठमाडौं प्रशासनबाटै विवरण दर्ता गराउँदै आएका थिए । परिचयपत्रका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइँसराइको प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्रको सक्कल आवश्यक पर्छ । रासस

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…