SamwadKhabar logo

               

मनोरञ्जन

संगीतकार तथा गायक सुरेश अधिकारीले मागे माफी

संवाद खबर

संवाद खबर

संगीतकार तथा गायक सुरेश अधिकारीले मागे माफी
साउन १२, काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले माफी मागेका छन् । एफएम रेडियोसँग सम्बद्ध विभिन्न संस्थालाई लक्षित गरेर आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति उनले माफी मागेका हुन् । “यदि, आवेशमा व्यक्तिगत रूपमा प्रस्तुत मेरो शैली र म बाट व्यक्त भएका शब्दहरूले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म “सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “संगीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरु समेत त्यस आलोचनामा मुछिएको अनुभूति गर्नुभएको कुराले म आफैँलाई पनि दुखी तुल्याएको छ ।” अधिकारीले नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संगीत रोयल्टी नबुझाउन एफएम रेडियोहरूलाई उक्साएको भन्दै त्यस्ता रेडियो नवीकरण रोक्नेसम्मको चेतावनी दिएका थिए । त्यसपछि रेडियोसँग सम्बद्ध संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीसँग जोडिएका गीत एफएम रेडियोमा प्रशारण नगर्ने बताएका थिए । त्यसलगत्तै गीतसंगीतसँग सम्बद्ध विभिन्न सातवटा संघसंस्थाले त्यसको प्रतिवाद गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …