SamwadKhabar logo

               

विश्व

चीनले किन मान्यता दिएन नेपालको नयाँ नक्शा ?

प्रमिला भुजेल

प्रमिला भुजेल

चीनले किन मान्यता दिएन नेपालको नयाँ नक्शा ?
१३ भाद्र, काठमाडौं । चीनले जारी गरेको नयाँ नक्शामा नेपालको नयाँ नक्शालाई मान्यता नदिएको पाइएको छ । उसको नयाँ नक्शामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्शा नभई पुरानै नक्शा उल्लेख छ । नेपाल सरकारले २०७८ सालमा नयाँ नक्शा जारी गरेको थियो जसमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समावेश छ । यसलाई चुच्चे नक्शा भन्ने गरिन्छ । यी भूभाग भारतले आफ्नो नक्शामा मात्र राखेको छैन नियन्त्रणमा समेत राखेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्शामा नेपालको चुच्चे नक्शा नराखेपछि सामाजिक सञ्जालमा बहस बनेको छ । सीमासम्बन्धी तीन देशको सीमा रहेको क्षेत्रमा चीनले नेपाललाई साथ नदिएको देखिएको छ । चीनले भारतको नियन्त्रणमा रहेको अरुणाञ्चल र लद्दाखका भूभाग भने आफ्नो नयाँ नक्शामा राखेको छ । यी भूभागमा दुई देशबीच विवाद रहँदै आएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मिति नजिकिदै गर्दा नयाँ नक्शाबारे नयाँ विषय आएको छ । यसबारे उनले चीनसँग कुरा गर्ने नगर्ने चासो बनेको छ । नेपालमा चुच्चे नक्शालाई राजनीतिक मुद्या समेत बनाइएको छ । विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नक्शालाई राजनीतिक लाभका लागि मुद्या बनाउने गरेका छन् । तर, उनले भारतबाट नेपालको भूभाग फिर्ता ल्याउने नतिजा दिन सकेका छैनन् । यतिसम्मकी ओली, प्रचण्डलगायत नेताहरुले चीनलाई समेत नेपालको नयाँ नक्शालाई मान्यता दिलाउने कूटनीतिक सफलता हासिल गर्न सकेको देखिएन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…