SamwadKhabar logo

               

कला / साहित्य

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी

Pramila Bhujel

Pramila Bhujel

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी
१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’  फोटो प्रदर्शनी शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा  भएको कार्यक्रममा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरूको खिचेका फोटोहरू फोटो प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएको कार्यक्रमका संयोजक गणेश बिष्टले जानकारी दिए । प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए । उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले आजको कार्यक्रम निक्कै नै प्रभावकारी भएको बताउदैं ‘ज्येष्ठ नागरिक केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौं भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तर गर्दै जाने छौं ।’ भने। कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी राखिएको कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले बताए । प्रदर्शनीमा राखिएको तस्वीरहरूले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरूमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरूमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…