SamwadKhabar logo

               

विश्व

रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु, तीन कात्तिक २९ र एकको असार २९ गते

प्रमिला भुजेल

प्रमिला भुजेल

रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु, तीन कात्तिक २९ र एकको असार २९ गते
१३ मंसिर, काठमाडौं । रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका चार जना नेपालीको मृत्यु भएको छ । रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो। उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रवार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । दूतावासले मङ्सिर ८ गते विभागलाई पत्र पठाउँदै मृतकहरूको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्न अनुरोध गरेका छन् । रुसी सेनामा कार्यरत चारै जनाको मृत्यु भएको दूतावासले जनाएको छ । यसअघि गोरखाका सन्दीप थपलियाको समेत मृत्यु भएको थियो । थपलिया असार २९ गते युक्रेनको बाखमुतमा युक्रेनी सेनाको कारबाहीमा मारिएका थिए । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो । परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुसी उच्च तहसँगै छलफल भइरहेको छ । यसबारेमा नेपाल सरकारले छिट्टै आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नेछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘कुनै निर्णय गर्नुभन्दा अघि यतिबेला आवश्यक सूचनाहरू संकलन गरिरहेका छौं ।’ उनले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ पछि रुस–युक्रेन युद्धमा संलग्न नेपालीका बारेमा पनि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…