SamwadKhabar logo

               

कला / साहित्य

विवाहपञ्चमी मनाइँदै, अन्नबाट आकर्षक प्रतिमा तयार

Pramila Bhujel

Pramila Bhujel

विवाहपञ्चमी मनाइँदै, अन्नबाट आकर्षक प्रतिमा तयार
पुस १, जनकपूरधाम । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युगमा मङ्सिर शुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाइन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ । शनिबार जानकी मन्दिरबाट बाजगाजाका साथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए  । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार आइतवार पुरुषोत्तम भगवान् राम र जगत्जननी सीताको डोला बिचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने छ। दुवै कार्यक्रमको तयारी पूरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने छ । मिथिलाका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामबिच भएको विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ । जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ ।  जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्रबिघा) मा सोमवारदेखि बनाउन सुरु गरिएको सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको हो । प्रतिमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले औपचारिक उद्घाटन गर्नुभयो ।  १०२ क्विन्टल अन्नको प्रयोग गरिने आकलन गरिए पनि प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । बेलाबेला प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताए । प्रतिमा सुरक्षाका लागि जनकपुरधामका नगरप्रहरी खटिएका छन् भने सुरक्षा घेराभित्र रहेर तीन दिन शनिवार, आइतवार र सोमवारसम्म हेर्न पाइने छ । मङ्गलवारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने छ । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अनाज प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा सो प्रतिमा बनाउन खर्च अनुमान गरिएकोे समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए ।  

ताजा

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

जेठ १, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्…

सुकेधारामा भेटिएको शवको सनाखत

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिका४ सुकेधारा चोकको रोयल मार्बल नजिकैकको सडक…

लोकप्रिय

सबै

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

ललितपुरमा बसबाट खसेर एक बालिकाको मृत्यु

वैशाख २७, काठमाडौं । आज बिहीवार ललितपुरमा बस रोक्नेक्रममा खसेर एक बालिकाको मृत्यु …

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

यो पनि

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

“वर्तमान अवस्थामा जीवन मूल्य” विषयक वक्तृत्वकलामा ग्राम शिक्षा मन्दिर प्रथम

वैशाख २४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा वर्तमान अवस्थामा जीवन मूल्य…

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरका…

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

वैशाख २३, काठमाडौं । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको …