SamwadKhabar logo

               

कोशी प्रदेश

कोशी प्रदेशमा निर्विरोध सभामुख चयन अम्बरबहादुर बिष्ट

प्रमिला भुजेल

प्रमिला भुजेल

कोशी प्रदेशमा निर्विरोध सभामुख चयन अम्बरबहादुर बिष्ट
पुष २४, काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट निर्विरोध चयन भएका छन् ।  विगत पाँच महिनादेखि रिक्त रहेको सभामुखका लागि प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेकपा एमाले, गठबन्धन दलबीचको सहमति र प्रयासले बिष्टको चयन भएको हो । मंगलवार विराटनगरस्थित प्रदेश सभामा सभा सञ्चालन गरिरहेकी उपसभामुख सृजना दनुवारले विष्ट सभामुखमा चयन भएको घोषणा गरेकी हुन् । बिष्टलाई सभामुख चयन गरेसँगै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा दलबीच आन्तरिक मनमुटावभन्दा पनि सहकार्य र एकता रहेको सन्देश प्रवाह गर्न सफल भएको बताए । यससँगै मंगलवार नेकपा एमाले संसदीय दलको बैठकले समेत समर्थन गर्ने जनाएपछि बिष्टका लागि सभामुखको ढोका सहज भएको थियो । सभामुखका लागि बिहानबाट प्रदेश सभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । यद्यपि निर्धारित ३ बजेको निर्वाचन समयसम्म बिष्टबाहेक अन्यको उम्मेदवारी परेन् । बिष्टको उम्मेदवारीमा प्रस्तावक भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहांग रहेका थिए । बिष्ट झापाबाट समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य भएका हुन् । यसअघि, प्रदेशमा गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उपसभामुख दनुवारले सभा सञ्चानल गर्दै आएकी थिइन् ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

विराटनगरका अधिकांश स्थान जलमग्न, विधालय बन्द

१२ असार, काठमाडौं । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा रातभर वर्षाका कारण विर…

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

१२ असार, काठमाडौं । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । चिसङ्खुगढी …

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण हुँदै

जेठ २५, काठमाडौं । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमा…

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका …