SamwadKhabar logo

               

वाग्मती प्रदेश

चौथो गोकर्णेश्वर नगरस्तरीय चौथो ह्विलचियर दौड प्रतियोगिता सम्पन्न

प्रमिला भुजेल

प्रमिला भुजेल

चौथो गोकर्णेश्वर नगरस्तरीय चौथो ह्विलचियर दौड प्रतियोगिता सम्पन्न
माघ १४, काठमाडौं । मेरुदण्डीय पक्षघात समुह नेपालले आयोजना गरेको चौथो गोकर्णेश्वर नगरस्तरीय चौथो ह्विलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय सहिद दिवस २०८० को उपलक्ष्यमा शनिवार गोकर्णेश्वर नगरपालिका ४ स्थित माकलबारीमा ह्विलचियर दौड प्रतियोगिता आयोजना भएको थियो । माकलबारी बसपार्कबाट पाँचपोखरी स्कुल सम्म करिब १ कि.मि. लामो ह्विलचियर दौड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी तथा नगर प्रमुख दिपक रिसालले रिबन काटेर र सिठी बजाएर गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ऋषिराम ढकालले गर्नु भएको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण साह, नगर युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, एसआइआरसीका मेडिकल डाइरेक्टर तथा मेरुदण्डीय पक्षघात समूह नेपालको सल्लाहकार डा.राजु ढकाल, बि आइ ए फाउण्डेसनका सचिव श्री ङवाङ् छिरि शेर्पा, मेरुदण्डीय पक्षघात समूह नेपालको सल्लाहकार अशोक मानन्धर, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्सन सिग्देल लगायतको आतिथ्यता रहेको थियो । दौडमा विजयीहरुलाई राष्ट्रिय सहिद दिवसको अवसरमा माघ १६ गते पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा पुरुष तर्फ रमेश खत्री र महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम भएका छन् । प्रतियोगितामा पुरुष तर्फ रामकाजी मिजार, सन्त्तोष कार्कि क्रमशः द्वितीय र तृतीय भएका छन् भने महिलातर्फ पेमा गुरुङ द्वितीय र सिर्जना सार्की तृतीय भएका थिए । प्रतियोगितामा ४८ जना पुरुष र २१ जना महिला समेत ६९ जना ह्वीलचियर प्रयोगकर्ताले भाग लिएका थिए ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कार्तिक, काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिर…

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

१२ कार्तिक, काठमाडौं । गत असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब रु…

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

तिहारमा काठमाडौँमा प्लास्टिकको मालामा प्रतिबन्ध

८ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका पुष्प गुच्छा तथा माला बिक्र…

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…