SamwadKhabar logo

               

कला / साहित्य

१६ वर्षदेखि ढुंगामा कला भर्दै आएका गाेविन्द

Pramila Bhujel

Pramila Bhujel

१६ वर्षदेखि ढुंगामा कला भर्दै आएका गाेविन्द
माघ १५, काठमाडौं । इँटाको सानो तीन कोठे घर। घर वरिपरि ढुंगाको चाङ। खस्रा ढुंगालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका- १३ का गोविन्द बोटे ढुंगामा आफ्नो कला भर्न लागिपरेका छन्।
सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिएका बोटे विगत १६ वर्षदेखि व्यावसायिक रूपमा मूर्ति बनाउन थालेका हुन्। बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुंगाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुंगा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ। ‘तीन दिनमा एउटा मूर्ति तयार पार्छु, आफ्नै हातले ढुंगालाई सुन्दर आकृति बनाउँदा निकै खुसी लाग्छ,’ बोटेले भने, ‘यो कलाले आफू मरेर गए पनि युगाैंयुगसम्म जीवन्त रहने हुँदा आफूले गरेको पेसाप्रति सन्तुष्ट छु।’ बोटेलाई परिवारको पनि उत्तिकै साथ सहयोग रहेको छ। बोटे समुदायका उनलाई बुबाले खोलामा माछा मारेर जीविकोपार्जन गर्दै हुर्काएको अझै याद छ। बुबाले खोलामा गएर माछा मार्ने काम गोविन्दलाई कति पनि मन परेको थिएन। सानैदेखि चित्र कोर्न मन पराउने उनी ढुंगाको मूर्ति बनाउन थालेपछि यो नै अहिले व्यावसायिक पेसा बनेको छ। ‘अहिलेसम्म पाँच सयभन्दा बढी देवीदेवताको मूर्ति बनाइसकेको छु,’ बोटेले भने, ‘१५ वटाभन्दा धेरै सालिक बनाएर बिक्री गरिसकेको छु।’ ढुंगामा आकृति कुद्ने काम चुनौतीपूर्ण रहेको गोविन्दको भनाइ छ। एकाग्र भएर छिनो र ढुंगासँग खोल्नुपर्ने हुँदा कहिलेकाहीँ आँखा र टाउको दुखे पनि यही काममा आनन्द मिलेको उनले बताए। ‘सालिक बनाउन २० दिनसम्म लाग्छ, एउटा सालिक बनाएको रु ४५ हजारसम्म लिने गरेको छु,’ उनले भने। हिजोआज गोविन्दलाई ढुंगा कुद्न २१ वर्षीय छोरा कमलले पनि साथ दिन थालेका छन्। उमेरले भर्खर युवावस्थामा लागेका कमलको सोख पनि बुबाको जस्तै मूर्तिकार बन्ने छ। कक्षा १० सम्म पढेका कमल केही समय भारत गएर काम पनि गरिसकेका छन्। त्यहाँको रहनसहन नमिलेपछि उनी पुनः घर फर्किए। अहिले बुबासँगै उनी पनि मूर्ति बनाउन सिकिरहेका छन्। पछिल्लो समय लोपोन्मुख हुँदै गएको ढुंगाको मूर्तिलाई संरक्षण गर्न पनि आफूले बुबासँग मूर्ति बनाउन सिकिरहेको कमल बताउँछन् । ‘सुरुमा योभन्दा अरू नै केही रोजगारी गरौं भन्ने थियो तर अन्तभन्दा यही मूर्ति बनाउनु नै ठीक लागेर बुबासँग काम गरिरहेको छु,’ उनले भने, ‘ढुंगामा मूर्ति कुद्ने काम लोप भइसकेको छ। यसको संरक्षण गर्नका लागि पनि मेहनत गरेको हुँ।’ बाबु छोरा गोविन्द र कमलले मूर्ति बनाउने पेसालाई थप व्यवस्थित बनाउन चाहेका छन्। यतिका वर्षबाट ढुङ्गाको मूर्ति बनाउने पेसामा आबद्ध रहेका बोटे परिवारलाई आजसम्म कुनै निकायको सहयोग नगरेको गुनासो गरेका छन्। ‘स्थानीय सरकारले ढुंगा कुँद्न आवश्यक पर्ने औजार सहयोग गरे राहत मिल्ने थियो,’ गोविन्दले भने, ‘यो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि कुनै निकायले पहल गरे हुने हो।’ सबैले यो मेहनत र पेसालाई बुझिदिए यो कला बचाउन सकिने उनको विश्वास छ। अहिलेका युवा यो ढुंगाको काम गर्ने इच्छा नदेखाउँदा यो पेसा नै मर्ने हो कि भन्ने चिन्ता गोविन्दमा देखिन्छ। ‘यसमा मेहनत र लगनशीलता चाहिन्छ, यो सिकाएरभन्दा पनि आफ्नै मनदेखि आउनुपर्छ,’ उनले भने, ‘ढुंगाको मूर्ति बनाउने कलालाई अहिलेका युवालाई पुस्तान्तरण गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ।’ –रासस

ताजा

सबै

वन मन्त्रालय स्वीकार गर्दिनँ: विनाविभागीय मन्त्री भरत साह

वैशाख १६, काठमाडौं । मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद…

राष्ट्रियसभा सदस्य शाक्यले लिइन् शपथ

वैशाख १६, काठमाडौं । राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छ…

शंखमुलको आगलागी नियन्त्रण, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

वैशाख १६, काठमाडौं । काठमाडौँको शंखमुलस्थित दोभानपुल नजिकै आगलागी भएर गाडी वर्कसप…

अब चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क

वैशाख १६, काठमाडौं । चीनमा नेपाली नागरिकका लागि भिसा निःशुल्क भएको छ । नेपालस्थित…

लोकप्रिय

सबै

कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख १२, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल था…

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

वैशाख १२, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अ…

धनकुटाको पहिचान बन्दै कोसेली नरिवल बिस्कुट

वैशाख १२, काठमाडौं । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको र…

महोत्तरीको मटिहानीमा आगलागीले करिब ३५ घर जलेर नष्ट

वैशाख १२, काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा बस्तीमा बुधवार दि…

यो पनि

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

वैशाख १२, काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रय…

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्– नेपाली भाषा र संस्कृति लैजान्छौँँ

वैशाख ७, काठमाडौं । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोला…

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

पर्यटन गन्तव्य बन्दै ‘राष्ट्रिय कलाघर सिन्धुली ’

फागुन १८, काठमाडौं । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘ राष्ट्रिय कल…

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

म्याग्दीमा युवालाई चोयाका सामान बनाउने तालिम

माघ १६, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दीमा वातावरणमैत्री चोयाका स…