SamwadKhabar logo

               

प्रदेश

आजदेखि पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान

प्रमिला भुजेल

प्रमिला भुजेल

आजदेखि पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान
माघ २१, काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दै छ । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आइतवारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्दै छन् । प्रमुख सचेतक सन्तोष परियारका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदै छन् । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको नेतृत्व भने सांसद सोभिता गौतमले गर्दै छिन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ । रास्वपाले विकास निर्माणमा दबाब दिने उद्देश्यले तय गरिएको दबाब अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । अभियानमा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग गरिएका कुनै पनि सामाग्रीको प्रयोग नगर्ने समेत रास्वपाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

श्रमाधान रोजगार मेला आजदेखि, हरेक प्रदेशमा दुई दिन चल्ने

जेठ १७, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान …

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ–१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

वैशाख १७, काठमाडौं । बझाङ१ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डा…

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुहाङलाई तीन हजार बढीको अग्रता, बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेक…

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

बझाङमा मतगणना १ बजेबाट शुरू हुने

वैशाख १६, काठमाडौं । बझाङ क्षेत्र नम्बर १ मा हिजो शनिवार भएको प्रदेश सभा (क) उपनिर्व…